0 COMMENTS

 काठमाण्डाै२९चैत०७४/  बौद्ध महास्तुपा पुनर्निर्माण गर्न १२ करोड ४६ लाख लागत स्वीकृत भएकोमा २१ करोड ९८ लाखमा सम्पन्न गरिएको थियो । स्तुपा पुनर्निर्माणमा हर्मिका, त्रयोदश भुवन, छत्रको सेट तथा गजुरसमेतको ५ हजार ५ सय ८६ वर्गफिटमा प्रतिवर्गफिट आधा तोला सुन प्रयोग गर्न १४ हजार ७ सय २३ रुपैयाँ दरले कुल ८ करोड २३ लाखको लागत अनुमान स्वीकृत भएको देखिन्छ । तर, कार्य सम्पन्न प्रतिवेदनमा ४ हजार ९ सय ९९.९० वर्गफिटमा ३३ हजार ५ सय ३३ रुपैयाँ ७१ पैसाका दरले ३१ किलोग्राम सुनमा १६ करोड ७७ लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।

पुरातत्व विभागको ०७३/७४ को सुनको दर विश्लेषणअनुसार प्रतिवर्गफिट एक चौथाइ (१/४) तोला सुनको १६ हजार ४ सय ५८ रुपैयाँ ६४ पैसाका दरले ८ करोड २३ लाखमा १४ किलो ५८० ग्राम खपत हुन सक्नेमा बढी खपत देखाइएको छ । यसमा ८ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार भएको महालेखाले जनाएको छ ।आज को नयाँ पत्रिका दैनिकले बौद्ध महास्तुपा पुनर्निर्माणमा सुन प्रयोग गर्दा ८ करोड ८८ लाख भ्रष्टाचार भएको समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।