0 COMMENTS

बनियानी, झापा, २८ चैत ०७४/ नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सानातिना विवाद र समस्याले पार्टी एकता कुनै पनि हालतमा अवरुद्ध नहुने बताउनुभएको छ ।

प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सानातिना मतभेदलाई दुवै पार्टीका अध्यक्ष बसेर टुंग्याइने बताउनुभयो । “हिजोका जश अपजश आपसमा स्वीकारेर पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” नेम्वाङले भन्नुभयो  “वैशाख ९ भित्रै पार्टी एकता हुन्छ । यसमा अब कुनै सन्देह र दुविधा छैन ।”

चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दका विषयमा कुनै विवाद नरहेको स्पष्ट पार्दै नेता नेम्वाङले भन्नुभयो, “दुवै पार्टीका चुनाव चिह्न सम्पत्ति हुन् । सहमतिका आधारमा तिनको प्रयोग र व्यवस्थापन हुन्छ । हिजोका उपलब्धिलाई दुवै पार्टीले आत्मसात् गरेको विषय हो ।”

नेता नेम्वाङले भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राखेर मुलुक समृद्धिको बाटोमा अघि बढ्ने समेत बताउनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमण चर्चामा मात्रै सीमित नरहेको र स्वयं भारतीय प्रधानमन्त्रीको सम्बोधनले धेरै कुरा प्रष्ट्याएको उहाँको भनाइ थियो । “विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन हुन्छ,” उहाँले भन्नुभयो – “भारतले पनि यसमा आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।