0 COMMENTS

 आजकल स्लिम हुनुपर्छ, राम्रो देखिनुपर्छ भन्ने सोच धेरैमा पलाएका हुन्छन् । तर सबैको चिन्ता मोटोपन घटाउने मात्र छैन । कतिपयलाई तौल बढाउनुपर्ने अवस्था पनि छ ।

कतिपय मानिसमालाई दिनभरिको काम, हर्मोन परिवर्तन अथवा रोगका कारण दुब्लोपन र कमजोरीका समस्या देखेका छन् । हाम्रो उचाई अनुसार तौलको सन्तुलन मिल्नुपर्छ । जस्तो कि पाँच फिट पाँच इन्च अग्ला व्यक्तिको तौल ६० केजीसम्म सहि मानिन्छ । त्यो भन्दा अधिक कम वा धेरै तौल हुनु स्वभाविक होइन । अस्वभाविक तौल रोगको घर हो ।

तौल बढाउन स्वस्थ्य शरीरको मापदण्ड पुरा गर्न हो । त्यसबाहेक सुहाउँदिलो ज्यान देखाउन । उचाई अनुरुप मोटाइ भएन भने ज्यान खिरिलो देख्छ । लुगा लगाउँदा पनि ह्याङगरमा टाँगिएको जस्तो देखिन्छ । त्यसैले खिरिलो ज्यान भएकाहरु स्वभाविक रुपमा मोटाउन चाहन्छन् ।

शरीरको तौल बढाउनका लागि खानपानमा सन्तुलन मिलाउनुपर्छ । मकैको रोटी तौल बढाउन निकै उपयोगी हुने बताइन्छ । मकैको रोटी यस्तो प्रभावकारी खाना हो, जसले सजिलै पातलो व्यक्तिको मोटाइ बढाउँछ ।

दुब्लोपनको समस्याबाट जोगिन यसो गर्नुस्।

दैनिक स्याउको सेवन:दैनिक दुई वटा स्याउ सेवन गर्नुपर्छ । यसले भोक जगाउन मद्दत गर्छ । भोग जागेपछि हामी खाना खान्छौ, जसले तौल बढाउँछ ।

हरियो मटर: हरियो मटरको सेवन पनि लाभदायक हुन्छ । यसले रगत र मांशपेशी बनाउन सहयोग गर्छ । नतिजा, दुब्लोपन हट्छ ।

किसमिस:किसमिसका १०–१५ गोटालाई राति तातो पानीमा पखालेर भिजाउने । बिहान किसमिससहित पानीको पनि सेवन गर्ने । यसले दुब्लोपन हटाउन मद्दत गर्छ ।

मह र बेसार:एक चम्चा महमा एक चम्चा बेसार मिसाएर दिनहुँ सेवन गर्ने । यसले दुब्लोपन हटाउँछ ।

केरा:दिनहुँ दुई/तीन केरा एक गिलास दूधसँग बिहान–बेलुका खानाले दुब्लोपन हटाउँछ ।

दालचिनी:एक गिलास दूधमा एक चिया चम्चाको चौथो भाग दालचिनी पाउडर र एक चम्चा मह मिसाएर पिउँदा पनि दुब्लोपन हट्छ ।

घिउ र मह:खाना खाएपछि दुई चम्चा घिउमा एक चम्चा मह मिसाएर खानाले वजन बढ्ने गर्छ ।

अंगुर:खानापछि नियमित रूपमा एक कप अंगुरको जुस पिउनाले पनि वजन बढ्छ र दुब्लोपन हट्छ ।

सुफ र मिस्री:बराबर मात्रामा सुफ र मिस्री मिसाउने र त्यसको धुलो बनाउने । दिनुहुँ खाना खाएपछि सुफ र मिस्रीको धुलो दुई चम्चा खाएमा पनि दुब्लोपन हटेर जान्छ ।

अनार:अनारका बोक्रालाई सुकाएर पिस्ने । त्यस धुलोलाई बिहान–बेलुका नियमित रूपमा सेवन गर्नाले पनि दुब्लोपनबाट मुक्ति मिल्छ ।

मेथी: दुई चम्चा मेथी दानालाई एक गिलास पानीमा पाँच घण्टासम्म भिजाउने । त्यो पानी उमालेर छान्ने । त्यसमा दुई चम्चा मह मिसाएर नियमित खाने । यसले पनि दुब्लोपन हटाउन मद्दत गर्छ ।

तनावमुक्त रहने: राम्रो स्वास्थ्यका लागि तनावमुक्त रहनुपर्छ । मनमा तनाव लिइरहँदा पनि शरीर दुब्लो हुन्छ ।

खाना खाइसकेपछि:दैनिक बिहान र बेलुकी खाना खाइसकेपछि तीस मिनेटका लागि विश्राम गरौ । यसले पनि शरीरको तौल बढ्छ ।

छोकडा, काजु र बदाम:चार/पाँच वटा छोकडा, दुई/तीन वटा काजु र दुई वटा बदाम हालेर एक गिलास दूध उमाल्ने । त्यसमा दुई चम्चा मिस्री मिसाएर दिनहुँ सुत्नअघि यस मिश्रणको सेवन गर्ने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।