0 COMMENTS

मिलन चाम्लिङ,धरान२८चैत०७४/ धरान उप-महानगरपालिकाका मेयर तारा सुब्बालाई खाम्लालूङ हुक्पा चोङवाङ चेली माईती समाजले बुधबार सम्मान गरेको छ ।समाजले प्रथम भेलाको अवसर पारेर सम्मान गरेको हो । समाजकी अध्यक्ष नरमाया हुक्पाचोङले मेयर सुब्बालाई सम्मान गरेकी हुन् ।

खाम्लालुङ पुखौली थलो भएका हुक्पाचोङवाङ महिलाहरुको साझा संस्थाको रुपमा चेलीमाईती समाज गठन भएको हो । कार्यक्रममा बोल्दै मेयर सुब्बाले आफ्नो पुर्खौली स्थानलाई सम्झेर चेली माईती हरुले संगठीत हुने र पारीवारीक,सामाजिक तथा सांस्कृतीक पक्षलाई संरक्षण गर्न देखाएको सक्रियता प्रसंसनिय भएको बताए ।

पुर्खौली स्थानको सम्झना गर्दै अहिले आफु बसेको स्थानको बिकास गर्नु सबैको कर्तब्य भएको जनाउदै मेयर सुब्बाले एकता नै बल हो भन्ने सिद्धन्तलाई आत्मासाथ गर्दै अगाडी बढ्नुपर्ने बताए ।कार्यक्रममा बोल्दै हुक्पाचोङवाङ कल्याण सघंका महासचिब मदन हुक्पाचोङवाङले खाम्लालुङका हुक्पाचोङवाङहरु जहाँ जुन ठाउमा रहेपनि पारीवारीक एकता र परस्पर सम्बन्ध रहनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।