0 COMMENTS

मिलन चाम्लिङ,धरान२८ चैत०७४/  धरानको चर्चित ठाउँ धरानको ठमेल उपनामले परिचित रहेको बगरकोटमा मंगलबार देखि प्रथम वगरकोट फुड फेस्टिभल २०७४ शुरु भएको छ ।

बगरकोट सेकुवा व्यवसायी समितीको आयोजनामा मंगलबार देखि शुरु भएको फेस्टिभल विहिबार सम्म चल्नेछ ।फेस्टिभलको धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष नरेश ईवारुमले उदघाटन गरेका थिए । फेस्टिवल अवधिभर विभिन्न मनोरञ्जनात्मक प्रतियोगिता आयोजना हुनका साथै अरू दिन भन्दा सर्वसुलभ मुल्यमा परिकारहरुको स्वाद लिन पाइने सेकुवा समिति अध्यक्ष हरि राईले बताए । फेस्टिभलको अवसरमा बगरकोटलाई धुवाँरहित बनाउदै आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न महत्वपुर्ण भुमिका रहने उहाँ बताउनुहुन्छ।

कार्यक्रमको उदघाटन गर्दै धरान १५ का वडाअध्यक्ष ईवारुमले धरानको पहिचान बनेको बगरकोटलाई विकाश गर्दै व्यवसायीक स्थल बनाउन लागि पर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा होटल एसोसियसन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले रेष्टुरेन्टको व्यवसायीकतामा बगरकोटले टेवा पुरयाएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, संघीय ईकाइ प्रहरी कार्यालय धरानका डिएसपी भिम दाहाल लगायतले  फेस्टिवलकाे सफलताको शुभकामना दिएका थिए ।

१५ वर्ष अघि देखि बगरकोटमा सेकुवा रेष्टुरेन्टहरु खुल्न थालेका हुन् । तिन दिन सम्म चल्ने फेस्टिवलमा चर्चित गायक कमल खत्रिको प्रस्तुति रहनेछ । साथमा मनोरञ्जनका लागि हरेक दिन धरानका चर्चित ब्यांडहरुको लाइभ म्युजिक, फेसन सो र स्थानिय डान्स सेन्टरका नृत्य प्रस्तुति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।