0 COMMENTS

नेपालगन्ज, २८ चैत ०७४/ बाँकेको कोहलपुर बसपार्कमा आज बिहान एक महिलाको शव फेला परेको छ ।बर्दिया ठाकुरबाबा नगरपालिका–३ की २८ वर्षीया कल्पना शाही मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरी निरीक्षक निरन्जन घिमिरेका अनुसार मृतक शाही कोहलपुर बसपार्क वरपर बेलाबेलामा मदिराले मातिएको अवस्थामा भेटिने गरेकी थिइन् ।मृतक शाहीका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको र हाल शान्ति मिसनमा गएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।