0 COMMENTS

काठमाडौं२८चैत०७४/ प्रधानमन्त्री केपी शर्म ओलीले उद्योग विकासमा जोड दिनुभएको छ । उद्योग वाणिज्य दिवस तथा उद्योग वाणिज्य महासंघको ५१ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उद्योग विकासको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने आश्वासन दिनुभएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरुलाई विदेश निर्यात गर्ने सामानको उत्पादन शुरु गर्न आग्रह गर्नुभएका छन् । उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारणसभाको कार्यक्रममा बोल्नुहुदै वलीले अब देशबाट निर्यात गर्ने सामानको उत्पादन ठूलो मात्रामा बढाउनुपर्ने बताउनुभयो ।

उहाँले विकासका हरेक क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अघि बढ्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ’अहिले मुलक व्यापार घाटामा रहेको रोइलो गरेको सुनिन्छ । यसलाई व्यापार घाटा होइन व्यापार नै भएको छैन भन्नुपर्छ, ९० र १० पनि कहीँ व्यापार घाटा हुन्छ रु यो त व्यापार नै नभएको हो ।’

देशमा सञ्चालित उद्योगधन्दामा आधुनिक खालका मेसि नहरु जडान गरेर उत्पादन बढाउनु पर्ने प्रधानमन्त्री ओलीको सुझाव गर्नुभएको छ । अहिले अन्य देशमा थोत्रा भएका मेसिन ल्याएर नेपालका उद्योगीहरुले उत्पादन गरिरहेकाले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकिएको उहाँको भनाइ छ ।

देशमा राजनीतिक स्थायित्व कायम भइसकेकाले अब देश आर्थिक समृद्धिको दिशामा बढ्ने अघि बढ्ने उहाँको भनाइ छ । अहिले देश अति गरिब भन्दा पनि तल रहेको तर अबको ३ वर्षमा विकासशील राष्ट्रको सूचिमा पार्ने उहाँको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।