0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ२८चैत०७४/  साहित्यकाे सबै वीदाका गतिविधिहरु लाई सक्रियताका साथ अगाडि बढाउने ,जिल्लामा रहेका सबै साहित्यिक संस्थाहरु बिचमा एकता गरि एउटै बलियो साहित्यिक मञ्च बनाउने ,सबै गाउँपालिका र नगरपालिकामा संगठन बिस्तार गरि जिल्लामा भाषा साहित्य ,धर्म संकृति,रितिरिवाज र मा‌ैलिकताकाे संरक्षण गर्ने उद्देश्यका साथ ” साहित्य र सिर्जना लाई प्राेत्साहन नेपाली भाषा माैलिकताकाे उत्थान ” भन्ने नाराका साथ लमजुङमा नयाँ साहित्यिक मञ्च ” लिस्नाे ” गठन गरिएको छ ।

जिल्लामा रहेर साहित्यकाे क्षेत्रमा कलम चलाउन चाहने सम्पूर्ण साहित्य प्रेमिहरुकाे सिर्जना लाई भरपुर उपयोग गरि साहित्यकाे क्षेत्रमा जिल्ला लाई देशकै नमुना जिल्ला बनाउने लक्ष्य नयाँ साहित्यिक मञ्च लिस्नाेले लिएको छ । साहित्यले मात्रै नेपाली नेपाली बिचकाे सम्बन्ध बलियो र सुमधुर बनाउन सक्ने निचोड मञ्चकाे छ । जाति , क्षेत्र ,धर्म ,भाषा,राजनीतिक पार्टी वा अन्य कुनै पनि अाधारमा नेपाली नेपाली बिच मनमुटाव भएपनि साहित्यले सबै भेदभावको अन्त्य गर्ने हुनाले अाज नेपाली जनमानसमा साहित्य अत्यन्तै महत्त्वपूर्ण छ मञ्चले भनेको छ ।

नेपाली माैलिकता माथि बढेको बिदेशी हस्तक्षेप लाई परास्त गरि नेपाली पहिचान जाेगाई राख्न सधैं प्रतिबद्ध रहने मञ्चकाे भनाइ छ । जिल्लाकाे सम्पूर्ण गाउँ गाउँ टाेल टाेलमा नेपाली भाषा साहित्यकाे बारेमा जानकारी गराउने यसकाे उद्देश्य छ । नयाँ साहित्यिक मञ्च लिस्नाे गठन भएसंगै लमजुङको साहित्यिक क्षेत्रमा नयाँ अायाम थपिने छ नयाँ जाेश नयाँ जाँगर ,नयाँ उर्जा ,नयाँ याेजनाका साथ साहित्य अगाडि बढ्नेछ भन्ने अासा पलाएकाे छ । नयाँ याेजनाका साथ अगाडि बढ्ने लक्ष्य लिएर मञ्चले अाफुले गर्ने बार्षिक गतिविधिकाे समेत कार्ययोजना बनाएको छ ।

दुई बर्षमा अधिवेशन गर्ने गरि मञ्चकाे नयाँ कार्यसमिति बनेको छ । साहित्यकाे क्षेत्रमा कलम चलाएर राष्ट्रलाई याेगदान गर्ने साहित्यकारहरुलाई मञ्चले उच्च सम्मान गर्नेछ । एउटा बिल्कुलै नयाँ उद्देश्य बाेकेर गठन भएको नयाँ साहित्यिक मञ्च लिस्नाेकाे कार्यसमिति यसप्रकार छ :
अध्यक्ष : बसन्त अधिकारी ( अधिर )
उपाध्यक्ष : अमृता घिमिरे ( असिम )
उपाध्यक्ष : रघुनाथ घिमिरे
सचिव : बासुदेब सेढाई
सहसचिव : बिजय घिमिरे ( बैरागी )
काेषाधक्ष्य: पुर्ण देबी न्याैपाने
सह काेषाधक्ष्य: ध्रुब प्रधान
सदस्यहरु
बिनाेद सेढाई
कमला दनाई
सीता पाैडेल
बासुदेब थापा
सुनिल बसाैला
नाेर्देन तामाङ
सल्लाहकार : काजीमान सुनार
बरिस्ठ सदस्य यबं मञ्च संरक्षक : देबिदास बराल
रहनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।