0 COMMENTS

गर्मी धेरेलाई घमौराले सताउँछ । छाती, ढाँड र हातमा बढी घमौरा आउने गर्छ । जसले गर्दा पूरै शरीर नराम्रोसँग चिलाउने गर्छ । घरमै पनि घमौराको उपचार सम्भव छः

१.घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर, झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा आउँछ ।
२.घमौरा भएको ठाउँमा बरफ दल्दा राहत मिल्छ ।
३.घमौरा आएको ठाउँमा मुलतानी माटोको लेप लगाउनाले केही दिनमै घमौरा हराउँछ ।
४. बिहान–बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन् ।
५. घमौरा आएको ठाउँमा मेहदीको लेप लगाउँदा केही दिनमै घमौरा हराउँछ । साथै, नुहाउने बेलामा मेहदीका केही पत्ता पिसेर पानीमा मिसाउने र त्यही पानीले नुहाउँदा पनि राहत मिल्छ ।
६. नीमको बोक्रा घमौरा आएको ठाउँमा दल्दा पनि राहत मिल्छ । अथवा पानीमा नीमका पात राखेर उमाल्ने र सेलाएपछि त्यही पानीले नुहाउने । यसो गर्दा पनि घमौरा घट्दै जान्छ ।
७. तुलसीको डाँठलाई चन्दनजस्तै गरी घोटेर यसको लेप घमौरा आएको ठाउँमा दल्नाले राहत मिल्छ ।
८.लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ ।
९.घमौराको समस्या दोहोरिरहनेहरूले गर्मीमा चनाको सातु खाने गर्नुपर्छ । साथै कागतीपानी पनि खाइरहने गनर््ुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।