0 COMMENTS

काठमाण्डाै२८चैत०७४/  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते यूएस बंगला एयरलाइन्सको जहाज दुर्घटना हुनुमा मुख्य दोष पाइलटकै पाइएको समाचार कारोबार दैनिकमा छ । साथै एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को पनि कमजोरी रहेको समाचारमा उल्लेख छ ।

दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औंल्याएको हो । कारोबार दैनिक समाचारमा लेख्छ- जाँचबुझ आयोगका एक सदस्यका अनुसार पाइलट प्रमुख दोषी भएको र त्यसमा एयर ट्राफिक कन्ट्रोलरले पनि सही निर्णय लिन नसकेको छानबिनले देखाएको छ ।

दुर्घटना जाँचबुझ आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डेयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ । आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिइएको थियो । उक्त प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रिपरिषदमा पेस गर्नेछन् ।

जाँचबुझ आयोगले दुर्घटनाको विषयमा प्रारम्भिक प्रतिवेदन तयार गर्दै पूरै अध्ययनपछि मात्रै दुर्घटनाको कारण पत्ता लाग्ने भन्दै प्रतिवेदनमा कुनै पनि विषय ठोस रुपमा भने उल्लेख गरेको छैन ।यूएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ५० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।