0 COMMENTS

मिलन चाम्लिङ,धरान २७चैत०७४/  धरान उपमहानगरपालिका वडा नं १९ र धरान एकता समाजको साझेदारीमा आयोजित दुई दिने सिङ्के धुप प्रशिक्षण तालिमकाे अाज समापन भएको छ।

चैत २६ गते देखि धरान उपमहानगरपालिका १९ स्थित किरात राई यायोक्खाको भबन संचालन भएको २ दिने सिङ्के धुप प्रशिक्षण तालीममा २५ महिला सहभागी थिए  उक्त  तालीम महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ संचालन गरेको हो । सहभागीलाइ ज्ञानुमैयाँ कक्षपतिले  प्रशिक्षण  गर्नु भएको थियो ।

तालीममा सहभागी  प्रेरणा सुबेदिले  तालीममा सिकेको कुराहरूलाइ उपयोग गरेर अगरबत्ती नै बनाएर जिविको पार्जन गर्न सक्छु भन्ने बताउनु भयाे तेस्तै  अर्को सहभागी बिष्णुकुमारी राईले यदि बजार ब्यास्थापन स्थानीय निकायले गर्दिएमा अब अगरबत्ति बनाएर नै सानोतिनो घरखर्च टार्ने कुरा ब्यक्तगर्नु भयाे   त्यस्तै कार्यक्रम  बोल्दै धरान १९ का वडा सदस्य मेघराज राईले तालीम लिए पछी हरेक महिलाले तालीमको सदुपयोग गर्न सुझाव दिनुका साथै स्थानीय बजार ब्याबस्थापन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताउनु भयाे।त्यस्तै कार्यक्रममा बोल्दै वडा नं १९ का वडा सचीव मुगाधन राईले सहभागीहरूलार्इ हरेक क्षेत्रमा आयोजना हुने यस्ताखाले  प्रशिक्षणहरु मा सहभागी हुन अनुरोध गर्दै अहिलेसम्म आयोजना भएका विभिन्न तालीमकाे   बारेमा जानकारी दिनुभएको थियो।

कार्यक्रम संयोजकत्व निर्मला गुरुङले गर्नु भएको उक्त कार्यक्रममा बोल्दै धरान एकता समाजको अध्यक्ष संजिब श्रेष्ठले सिङ्के धुप बनाउन सिके पछि यश सिपलाई प्रयोग गरेर अगि बढ्न  सुझाव दिदै सिङ्के धुप प्रशिक्षणमा सहभागी सबैलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।