0 COMMENTS

यौन सम्बन्धाट को कति सन्तुष्ट होलान् ? जवाफ मिश्रित छ । यो सन्दर्भमा म्याक्सिकोका नागरिकका लागि सबैभन्दा अगाडि छन् । मेक्सिकोका ८३ प्रतिशत नागरिक आफ्नो यौन जीवनबाट सन्तुष्ट रहेको पाइयो ।

यस्तै दक्षिण अफ्रिकाका ५० प्रतिशत र अमेरिकाका ४८ प्रतिशतले यौन सन्तुष्टि लिएको बताए । भारतमा यौन जीवनबाट सन्तुष्टि प्राप्त गर्नेहरुको संख्या ६१ प्रतिशत छ । स्पेनमा ४९, अस्ट्रेलियामा ४२ र ब्रिटेनमा ४० प्रतिशतले यौन सन्तुष्टि लिने गरेको बताए ।
यौनसम्बन्धी रोचक खुलासा

ड्युरेक्स फेस अफ ग्लोबलका क्रममा केही अविश्वसनीय र विचित्र तथ्य बाहिर आएका छन् । कुन देशका महिला र पुरुषले कुन उमेरमा आफ्नो कौमार्य भंग गर्छन् र वर्षमा कतिपटक यौन सम्बन्ध राख्छन्, यौन जीवनबाट कति सन्तुष्ट छन् जस्ता यौन प्रवृत्तिका सम्बन्धमा गरिएको सर्भेले नयाँ तथ्य उजागर गरेको हो । यो सर्भेमा २६ देशका २७ हजारभन्दा बढीको सहभागिता थियो ।

१६ वर्षमा कौमार्य भंग
एक सर्भेअनुसार ब्राजिलका युवायुवतीले अन्य देशको तुलनामा सबैभन्दा पहिले आफ्नो कौमार्य गुमाउँछन् । ब्रजिलमा यौन सम्पर्क गर्ने युवायुवतीको औषत उमेर करिब १७ वर्ष पाइएको छ। त्यस्तै अस्ट्रेलिया, अमेरिका, फ्रान्स र ब्रिटेनका युवायुवतीले औषत १८ वर्षको उमेरमा आफ्नो कुमारित्व भंग गर्ने पाइयो । मेक्सिको, दक्षिण अफ्रिका, इटली तथा स्पेनका युवायुवतीले १९ वर्षको उमेरमा र सिंगापुर, भारत एवं जापानका युवायुवतीले २० देखि २२ वषएको उमेरमा पहिलो सम्बन्ध राख्ने गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।