0 COMMENTS

काठमाडौँ, २७ चैत ०७४/ बलत्कारीलाई कानूनमा नै फाँसीको सजायको माग गर्दै आज प्रदर्शन गरिएको छ ।नयाँबानेश्वरदेखि माइतीघरसम्म बलत्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै रक्षा नेपालले आज प्रदर्शन गरेको हो ।

र्यालीमा ‘आफ्नो छोरी चेलीको अस्मिताको पहरेदार आफैँ बनाैँ बलात्कारीलाई फाँसी नै चाहिन्छ, ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नारा लगाइएको थियो । उनीहरुले संविधान संशोधन गरी बलत्कारीलाई फाँसीको व्यवस्था कानूनीरुपमा नै हुनुपर्ने जोडदार माग गरेका छन् ।

पछिल्लो समय आफन्त र परिवारकै सदस्यबाट नै धेरै बालबालिका बलात्कृत हुनु परेकाले यसको सजायका लागि संविधान संशोधन गरी फाँसीको व्यवस्था गर्नुपर्ने रक्षा नेपालकी सावित्री सुवेदीले बताउनुभयो ।उहाँले बलात्कार जघन्य अपराध भएकाले मिलापत्र गराएर अपराधी उम्काउन नपाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।