काठमाडौं२६चैत०७४/ बुटवल पावर कम्पनीले आफ्ना सेयर धनीलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष (२०७३÷७४) को मुनाफाबाट सेरधनीलाई नगद लाभांश दिन लागेको जनाएको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । कम्पनीले २०७५ जेठ ८ गते हुने वार्षिक साधारण सभामा नगद लाभांश प्रस्ताव पेश गर्ने जनाएको छ । साधारण सभाका लागि कम्पनीले बैशाख २७ गतेदेखि जेठ ८ गतेसम्म बुक क्लोज गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्