0 COMMENTS

काठमाडौं २६चैत०७४/गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन् । लामा माथि भएको थुनछेकको बहसपछि हातहतियार तथा खरखजाना मुद्दामा लामालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पुपक्षका लागि जेल पठाउने आदेश दिएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार लामाविरुद्ध सकिएको थुनछेकको बहसपछि प्रजिअले सो आदेश दिएका हुन् । उनलाई आदेशसँगै डिल्लीबजार कारागार पठाइएको छ ।

गत फागुन ३० गते लामा काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि पुगेको प्रहरी टोलीले लामालाई पेस्तोलसहित पक्राउ गरेको थियो ।उनको साथबाट पेस्तोल र ६ राउण्ड गोली बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।