0 COMMENTS

हुम्ला२५चैत०७४/  मकालु एयरको सिंगल इन्जिनको 9N-AJG कल साइनको जहाज यात्रु लिएर सिमकोटबाट सुर्खेतका लागि उड्ने तयारीमा रहेका थिए ।

जहाज हाइड्रोलिक लिक भएर धावन मार्गमै रोकिएपछि जहाज दुर्घटनाबाट बचेको सिमकोट विमानस्थलका निमित्त प्रमूख राजु महतोले बताए । उनले भने , एप्रोनबाट १५ मिटर गुडिसकेको जहाज अचानक क्याप्टन किरण भट्टराईले थाहा पाएपछि अकस्मात रोकेका हो ।

एप्रोनबाट १५ मिटरको दूरीमा गुडेको उक्त जहाजलाई मकालु एयरका स्थानीय कर्मचारी र अन्य यात्रुले धकेलेर पार्किङ्ग गरेर राखिएको मकालु एयर सिमकोटका प्रमुख लोकन्द्र रावतले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।