0 COMMENTS

कुनै पनि सम्बन्ध सीमाविहीन हुँदैन, सबैमा केही सीमा अवश्य हुन्छ । प्रेममा पनि त्यही कुरा लागु हुन्छ जसको ख्याल गर्न निकै आवश्यक छ। प्रेम सम्बन्धमा भावनामा बहकिनु कुनै नौलो कुरा होइन । तर, कहिलेकाहिँ भावनामा बहेर प्रेमिकाले आफ्नो प्रेमीलाई यस्ता कुरा भनिदिन्छन् जसले सम्बन्धमै असर पुग्छ । वास्तवमा प्रेमिकालाई प्रेमीले धेरै कुरा सोध्छन् र भन्नलाई निकै अनुरोध पनि गर्छन् । केही कुरा भन्दा त सम्बन्ध बलियो पनि हुन्छ तर, कति कुराले भने सम्बन्धलाई भत्काइदिन्छ । प्रेमिकाले आफ्नो प्रेमीलाई बताउन नहुने केही कुरा यी हुन ।

आफ्नी साथीको गोप्य कुरा
तपाईको प्रेमीलाई कहिल्यै पनि आफ्नो विशेष साथीको गोप्य करा बताउनु हुन्न । किनकि उनले आफ्नो मनको कुरा विश्वास गरेर तपाईलाई बताएकी हुन्छिन् । यदि तपाईले आफ्नो प्रेमीलाई यो कुरा भनिदिनुभयो र त्यसको पर्दाफास भयो भने त्यसले सम्बन्ध राम्रो बनाउँदैन । पछि प्रेमीले नै पनि तपाईको विश्वासमाथि शंका गर्न सक्छ ।

पासवर्ड
भावनामा बहकिएर कहिल्यै पनि आफ्नो पासवर्ड प्रेमीलाई भन्ने गल्ती गर्नु हुँदैन । हुन सक्छ तपाई आफ्नो प्रेमीलाई निकै धेरै विश्वास गर्नुहुन्छ र अत्यधिक प्रेम गर्नुहुन्छ । तैपनि उसलाई पासवर्ड थाहा दिँदा सम्बन्धमा शंका उत्पन्न गराउन निकै बल पुग्ने गर्दछ ।

प्रेमीको परिवारबारे मन नपर्ने कुरा
प्रेमीको परिवारमा धेरै विषय हुन सक्छ । कतिपय तपाईलाई मन नपर्न पनि सक्छ । तपाईलाई उसको परिवारका कुनै व्यक्ति पटक्कै मन नपर्न सक्छन् या व्यवहारबारे चित्त नबुझ्न सक्छ । तर, याद गर्नुहोस् यो कुरा तपाईको मनमै रहोस् । किनभने तपाईबाट परिवारबारे नराम्रो सुन्दा तपाईप्रति उसको दृष्टिकोण बदलिने सम्भावना निकै रहन्छ ।

विगतबारे
तपाईले आफ्नो विगतबारे प्रेमीलाई बताउनु भएको हुनसक्छ । विश्वास जित्न यो आवश्यक पनि हुन्छ । तर, त्यसो भनेर सबै कुरा भने कहिल्यै पनि नबताउनुहोस् । आफ्नो विगतबारे सामान्य जानकारी मात्रै प्रेमीलाई दिनुहोस् । तर, तपाईमाथि अनेक लाञ्छना लाग्ने र शंका गर्ने आधार नदिनुस् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।