0 COMMENTS

कल्पना बोहरा,अछाम २५ चैत्र/अछामको साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिकाका, ढकारी गाउँपालिका लगायत अन्य नगरपालिकामा शुक्रबार आएको असिना पानीसगै अाएकाे चट्याङ लागेर १० महिने बालकको ज्यान गएको छ ।

चौरपाटी गाउँपालिका वडा नम्बर ३ गगुडामा १० महिने बालकको मुत्यु भएको हो।शुक्रबार साँझ साढे ७ बजेतिर घरमै सुतिरहेको बेला चट्याङ पर्दा रमेश कामिका १० महिने छोरा आयुष कामिको मुत्यु भएको र  १६ बर्षीया सीता कामी गम्भीर घाईते भएकाे वडा अध्यक्ष रामबहादुर साउदले जानकारी दिए ।

घाईते सीताको अनुहार देखि छाती सम्म जलेको उनले बताए । चट्याङ लागेर रमेशको घरको गोठमा बाधिएका ५ बाख्रा, एक गोरु पनि चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। २ तले घर पुरै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।