0 COMMENTS

कल्पना बोहरा अछाम २५ चैत्र/अछामको साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिकाका, ढकारी गाउँपालिका लगायत अन्य नगरपालिकामा शुक्रबार आएको असिना पानीका कारण गहुँवाली सखाप भएको छ । काट्न ठिक्क भएको गहुँबानी असिनाले नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् ।

असिनापानीले वडाका अधिकांस कृषकहरुको वालिनालिमा क्षेती पुर्याएको चौरपाटी गाउँपालिका वडा नंं.४ का कृषक अमरबहादुर कुँवरले जानकारी दिए । शुक्रबार आएको असिना पानीका कारण गहुँवाली क्षेतीसँगै दुईदेखि ढाई फिटसम्म असिना जमेको उनले बताए । आफू अहिले ४३ वर्षको भए उनले भने अहिलेसम्म यति ठूलो असिना परेको देखेको थिएन् ।

गहुँवालीमा क्षेती पुर्याएपछि कृषकहरुमा राहतको लागि गाउँपालिकामा गएको बताए । गहुँवाली लगाएको खेतवारीमा गाईगोरु छोडेको उनको भनाई रहेको छ । स्थानीय ६५ वर्षीय धर्म खड्काले ५० वर्षपछि ठूलो असिना परेको बताए । उनले अहिले २ देखि ३ फिट असिना जमेको बताए ।

यस्तै वडा नं.५ लुंगाका स्थानीयबासिन्दा नन्दसिंह साउदले आफ्नो १० रोपनी जग्गामा लगाएको पूरै गहुँवालीमा क्षेती पु¥याएको बताए । कृर्षि पेशामा आत्मनिर्भर भएपनि गहुँवालीसँगै तरकारी क्षेती पुर्याएपछि खाद्यन संकट हुन चिन्ता लागेको बताए । उनले गाउँपालिकाले राहतका कार्यक्रम तत्काल ल्याउनुपर्ने माग गरे ।

चौरपाटी गाउँपालिका वडा नंं.५ लुंग्राका वडा अध्यक्ष टेकबहादुर खड्काले आफूले गहुँवाली क्षेती पु¥याएका केही वडामा अगुमगन गर्दा कृषकहरुको नगदेवालीमा पुरै क्षेती पुर्याएको पाएको बताए । राहतका कार्यक्रमको लागि वडामा सर्वपक्षिय वैठकको आयोजना गरेर छलफल गर्ने बताए । उनले वडामा हुने सहयोग गर्ने बताए ।

दुई÷चार दिनमा गहुँ काटेर घरमा ल्याउने बेलामा अचानक असिना आउँदा सबै बाली नष्ट भएको र गहुँ पूरै झरेर चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुका अध्यक्ष गणेश खड्काको भनाई रहेको छ ।

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउदले पुरै वडाका अध्यक्षलाई क्षेती पुरै लगत संकलन गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिएका छन् । कार्यपालिकाका वैठक बसेर राहतका कार्यक्रम ल्याउने बताए । हावाहुरी चलेर असिनापानीले तरकारी तथा फलफूल बालीमा क्षति पनि पु‍¥याएको उनले बताए । जिल्लाका धेरै ठाउँमा असिना परेको र किसानका बालीमा क्षति पु‍¥याएको चौरपाटी कृषि विकास कार्यालय जनाएको छ । ‘कति क्षति पुग्यो भनेर एकिन तथ्याक आएपछि राहतका कार्यक्रम ल्याईने कृषि विकास शाखा प्रमुख यज्ञ रावलले बताए ।

यस्तै साँफेबगर नगरपालिका वडा नं.२ जाल्पादेवि, वडा नं.१० खप्तड, वडा नं.११ देविस्थानमामा पनि गहुँवालीमा क्षेती पु¥याएको छ । पानी सहित परेको असिना पानीले गहुँ, काउली, बन्दा, लसुन, प्याज, सिमी, बोडी, आलु लगायतका नगदे बालीमा क्षति पु¥याएको साँफेबगर नगरपालिका वडा नं.१२ का अध्यक्ष प्रकाश रानाले जानकारी दिए । वर्षेनि बाली भित्र्याउन ठिक्क परेपछि असिना पानीले नष्ट हुने कृषकहरुलाई यो वर्षमा पनि नगदेवालीमा क्षेती पु¥याएपछि समस्या परेको बताए । साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले असिना पानीले क्षेती पु¥याएको वडाका अध्ययन गरेर नगरकार्यपालिकाबाट राहतका कार्यक्रम ल्याउने बताए ।

यस्तै अछाम निर्वाचन क्षेत्र नं.१ अन्र्तगत प्रदेश सभा सदस्य गोविन्द कुँवरले असिनापानीले पु¥याएको क्षेती र एक जना वालकको मृत्यु भएको प्रति दुःख व्यक्त गरेका छन् । उनले मृत्यक र असिनापानीले पु¥याएको क्षेतीको वारेमा संसदको ध्यानाकर्षण गर्ने बताए । यस्तै राहतका कार्यक्रम ल्याउनको लागि पहल गर्ने पनि बताए । राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले पनि असिनापानीले पु¥याएको क्षेती र एक जना वालकको मृत्यु भएको प्रति दुःख व्यक्त गरेका छन् । उनले खाद्यन संकट हुन नदिनको लागि सरकारको ध्यानकर्षण गराउने बताए । राहतका कार्यक्रम ल्याउनको लागि स्थानीय तहका सरकारलाई आग्रह पनि गरेका छन् । सत्य तथ्य विवरण संकलन गर्नको लागि सबै सरोकारवाला निकायलाई पनि आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।