0 COMMENTS

बनेपा २४,चैत्र २०७४/ धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए ।

तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयुरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ । 

एक व्यवसायीले भने, ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेका थियौं । तर, सहचालकहरूले मनलाग्दी भाडा लिँदा समस्या आएको हो,’ चैत १ मा बनेपा आउँदा मयुर यातायातले कोटेश्वर-काठमाडौंको ३५ रुपैयाँ भाडादर कायम गरेको थियो । तर, तीन सातासम्म भाडादरमा पुनर्विचार नगरेका व्यवसायीले बिहीबारबाट एक्कासी भाडा घटाएको सूचना बसमा टाँसेपछि यात्रु अचम्ममा परेका छन्।

‘हिजो साझ बस पनि आयो । अरू बस पनि आए,’ एक यात्रुले भने, ‘त्यही भएर होला बिहीबारदेखि यताका बसवालाले बनेपा-काठमाडौंको भाडा ३५ रुपैयाँ गरेका रहेछन् ।’

यतिखेर काभ्रे बस व्यवसायी संघले बनेपा-काठमाडौं ४० रुपैयाँ, बनेपा-कोटेश्वर ३५ र बनेपा-सूर्यविनायक २० रुपैयाँ भाडादर कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।