0 COMMENTS

अनावश्यक रुपमा तौल बढेर धेरै हैरान भएका छन् । यसका लागि उनीहरुले अनेक उपाय पनि अपनाएका छन् । तर, एउटा नयाँ अध्ययनले अचम्मको तथ्य सार्वजनिक गरेको छ। अध्ययनका अनुसार तौल घटाउने हो भने अब जिमखानातिर होइन सिधै आफ्नो बेडरुमतिर जाँदा हुन्छ । वैज्ञानिकहरुका अनुसार वजन घटाउनका लागि कसरतभन्दा सेक्स बढी असरदार मानिँदैन, तर त्यो सत्य होइन । वैज्ञानिकहरुले एक घण्टासम्म ओछ्यानमा रोमान्स गर्दा करिबकरिब त्यति नै क्यालोरीज खर्च हुन्छ जति आधा घण्टा दौडिदा । क्यानडाको क्युबेक युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार आधा घण्टाको सेक्सका क्रममा पुरुषले १२० क्यालोरी खर्च गर्छ भने महिलाको ९० क्यालोरी खर्च हुने गर्दछ ।

अध्ययनका अनुसार जवान र स्वस्थ पुरुष औषतः सेक्सका क्रममा एक मिनेटमा ४.२ क्यालोरी बर्न गर्दछ । जबकि ट्रेडमिलमा ९.२ क्यालोरी बर्न हुन्छ । यही महिलाहरु सेक्सका क्रममा एक मिनेटमा ३.१ क्यालोरी र दौडिने बेला ७.१ क्यालोरी बर्न गर्दछन् ।
आफ्नो अध्ययनमा बैज्ञानिकहरुले १८ देखि ३५ वर्ष उमेर समूहका २० जोडी सहभागी गराएका थिए । सहभागी जोडीहरुलाई एक महिनामा एक पटक मात्र सेक्स गर्न भनिएको थियो । र, ट्रडमिलमा ३० मिनेटसम्म दौडिन पनि भनिएको थियो । सबै जोडीको नाडीमा एउटा ब्याण्ड बाँधिएको थियो । ताकि दौडिँदा र सेक्सका क्रममा उनीहरुले कति ऊर्जा खर्च गर्छन् थाहा पाइयोस् ।

पब्लिक लाइब्रेरी अफ साइन्समा प्रकाशित अध्ययनको परिणाम अनुसार ‘यो परिणाममा स्पष्ट छ कि सेक्स्युअल गतिविधिको नजरअन्दाज गर्नु हुँदैन । किनभने यो कसरत जत्तिकै आवश्यक छ ।अध्ययनमा संलग्न पुरुष र महिला दुवैले भने कि ट्रडमिलमा आधा घण्टा बिताउनुभन्दा बढी मजा सेक्स गर्नुमा छ ।बैज्ञानिकहरुका अनुसार यौन गतिविधि मानवीय जीवनको एउटा महत्वपूर्ण हिस्सा हो । जसको सिधा असर मानसिक, शारीरिक र यहाँसम्म कि हरेक व्यक्तिको जीवनशैलीमा पर्दछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।