मान्छेमा रीस हुन्छ नै क्रोध-रहित कोही पनि हुँदैन | कोही मानिस धेरै रिसाहा हुन्छन् | केही मान्छे थोरै रिसाउँछन् | परमात्माले रीस नामक मानसिक गुण पनि आत्मरक्षाका लागि प्रदान गरेको हो | उचित समय र अवसरको रीसले आत्मरक्षा गर्नुका साथै असलगुणहरूको विकासमा गर्न मदत गर्छ | गुरू, आमाबुवा, अभिभावकको नियन्त्रित रीस खराव हुँदैन | अनुपयुक्त तथा कुसमयको रीसले विनाश निम्त्याउँछ |
वेदकाअनुसार (ऋग्वेद १०/८२/१-२) क्रोध दुईप्रकारका हुन्छन् १. मन्यु २. क्रोध | मन्यु आत्मरक्षाका लागि अनिवार्य हुन्छ | न्यायकर्ता, शत्रुसंग लडिरहेका सैनिकको क्रोध आत्मरक्षाका लागि हुन्छ अथवा आज्ञापालनका लागि | एस्तो क्रोध कर्तब्यबोधका कारण उपस्थित हुन्छ | एस्तो रीसलाई आज पनि अनुचित ठानिन्न | गीताले पनि क्रोधलाई नर्कको ढोका भनेर नियन्त्रण गर्नुपर्ने सल्लाह दिएको छ |
दोस्रो, रीस (क्रोध) मानसिक समस्या हो जुन अवस्थामा मानिसले आफ्नो भावनालाई नियन्त्रण गर्न सक्दैन | आज भोली, रीसलाई नियन्त्रण गर्न अनेकौं उपचार पद्यतिहरूको विकास गरिएको छ | ठूलाठूला मनोबैज्ञानिक तथा धर्मगुरूहरू रीस-नियन्त्रण गर्ने प्रशिक्षण दिन्छन् | वेदहरूमा पनि रीसलाई स्वाभाविक मानिएको छ र अस्वाभाविक क्रोधमा नियन्त्रण गर्ने उपायहरू वा सुझावहरु उल्लेख गरिएको छ | वेदकाअनुसार धेरै रीस मान्छेको सबैभन्दा विनाशकारी शत्रु हो | अथर्ववेदका (६/४२/२) अनुसार मित्रताको सबैभन्दा ठूलो शत्रु नै रीस हो | एस्तो रीसलाई समय मै नियन्त्रित गर्नुपर्छ | जसरी हामीले कु-वस्तुलाई फैलिनबाट रोक्न ढुंगाले थिचेर दवाउँछौँ त्यसरी नै रीसको विस्तारलाई रोक्नुपर्छ |
अथर्ववेदले (६/४३/१-३) रीसको नियन्त्रण गर्न निम्न उपायहरू सुझाएको छ ।
१. रीसलाई बलजफत नियन्त्रण गर्दा विस्फोटक हुनसक्छ | त्यसैले रीसको अवस्था उपस्थित हुँदा (१) कुर्कुच्चोमा उभिएर आफूभित्रको अवस्था नियाल्ने प्रयत्नशील हुनुपर्छ | एकै छिन कुर्कुच्चोमा उभिएर आफ्नो क्रोधउपर विचार गर्दै ‘म रीस भन्दा बलियो छु’ भन्ने शब्दहरू ऊच्चारण गर्दा चित्त (मन) शान्त हुन्छ | रीसले मनलाई जित्न सक्दैन | मन विवस हुँदैन |
२. त्यसरी नै रीस नियन्त्रणका लागि सबैभन्दा भरपर्दो उपाय भनेको रिसालु मान्छेले दैनिक रूपमा नाङ्गो पैताला कमलो दूवोमा टहलकदमी गर्नुपर्छ | कलिलो दूवोमा मनका धेरै दोषहरू शान्त गर्ने गुणहरू हुन्छन् |
३. समुद्रको (नदी) किनारामा रहेको बालुवामा सरल तवरले टहलकदमी गर्दा पनि रीसको बानीमा क्रमश: सुधार हुन्छ | बालुवाको कोमलतामा टहटकदमी गर्दै ‘मेरो बंगारा’मा कसरी एत्रो रीस आयो’ भनेर मनले गुन्नुपर्छ र ‘अव मैले फलानो उपाय गरेर रीस गर्दिन’ भन्ने सकल्प गर्नुपर्छ |
४. वेदले रीस नियन्त्रण गर्ने चौथो उपाय ‘रीसको अवसर आउँदा साथ माथिल्ला दांतले तल्लो दातलाई थिचेर ‘कठोर बचन निस्कन नदिने’ प्रयत्नलाई लिएको छ | यो विधि कति उपयुक्त छ भन्न सकिन्न तर आफ्नो रिसालु अनुहार सम्झिने हो भने पनि रिसमा नियन्त्रण प्राप्त हुन्छ |
यो त वेदले रीस नियन्त्रण गर्न दिएको ब्यबहारिक क्रियाकलाप हो | यस बाहेक आधुनिक मनोबैज्ञानिकहरूले
(१) रीसको अवसरको पहिचान गर्ने
(२) त्यस्तो अवसरहरूबाट आफुलाई टाढा राख्ने प्रयत्न गर्ने
(३) क्रोधपछि आफ्नो ब्यबहारको समिक्षा गर्ने
(४) लामोलामो स्वास फेर्ने
(५) ध्यानको अभ्यास गर्ने
(६) आफुलाई मन पर्ने ठाउँ, व्यक्ति, घटना, समय आदिको स्मरण गर्ने, घुम्न जाने संगीत सुन्नेआदि सुझाव दिएका छन् |यदि पाठकहरू मध्ये कसैलाई विना कारण रीस उठिरहन्छ, कुनै व्यक्ति विषेशसंग रिस उठ्छ, केटाकेटीसंग, पत्नीसंग, आमाबुवासंग, दाजुभाइसंग, आफन्तसंग निकै रीस उठ्ने गर्छ, रीसकै कारणले गर्दा तपाईंको जीवन प्रभावित भएको छ, मित्रहरू शत्रु बनिरहेका छन् अथवा आफन्तहरू टाढा भएका छन् – भने तपाईंलाई सहयोगको खाँचो छ | एस्तो अवस्थामा आफ्नो समस्यालाई दवाएर बस्नुको सट्टा समय मैं त्यसको समाधान खोज्नु उचित हुन्छ | तपाईंको सहयोगका लागि हामी सधैं तत्पर छौँ । स्राेत हिन्दुजागरण नेपालकाे फेस बुक पेज