0 COMMENTS

यदि तपाई मिजासिलो हुनुहुन्छ, जीवनलाई एक रसका रुपमा हेर्नुहुन्छ भने यो खबर तपाईका लागि नै हो । जुन महिला सेक्सको खोजीमा हुन्छन् उनीहरुले रातो रंगको कपडा लगाउने गरेको एक अध्ययनले देखाएको छ ।

एक अध्ययनका अनुसार जुन महिलाहरु शारीरिक सम्बन्ध कायम गर्न इच्छुक हुन्छन् उनीहरु रातो रंगको कपडा लगाउने गर्दछन् । यसअघि गरिएको अध्ययनअनुसार रातो पहिरनमा सजिएका महिलालाई पुरुषले सेक्सी आँखाले हेर्नें र बढी आकर्षक मान्ने गरेको देखिएको थियो । महिलाहरुले पनि सामाजिक पर्वमा रातो रंगको कपडामा सजिएका महिलाबाट खतरा महशुस गर्ने गरेको बताएका छन् । उनीहरुका अनुसार सेक्सको खोजीमा महिलाहरुले रातो पहिरनमा हुन्छन् ।

न्युयोर्कस्थित रोचेस्टर युनिभर्सिटी, स्लोभाकियाको ट्रनावा युनिभर्सिटी र स्लोभाक एकेडेमी अफ साइन्सेसको अध्ययनमा भनिएको छ–यदि तपाई रातो रंगको पहिरनमा हुनुहुन्छ भने अन्य महिलाले तपाईलाई सन्देहको दृष्टिले हेर्ने छन् । यो हरेक अवस्थामा हुन्छ । तर, अन्य महिलाहरु र पुरुषहरुको संकेतबाट सावधान रहनुस् कि तपार्य सेक्समा रुची लिनुहुन्छ ।

कुनै आकर्षक पुरुषसँगको भेटका लागि महिलाहरु रातो रंगको सर्ट लगाउन मन पराउछन् । तर, मन परेको पुरुषका साथ भेटेको अवस्थामा उनीहरु यस्तो गर्दैनन् । तीन शोधमा शोधकर्ताहरुले रातो रंगबाट महिलाहरुले के संकेत पाउछन् भन्ने कुरा पत्ता लगाउन खोजेका थिए । पहिलो प्रयोगमा पाइयो कि महिलाहरु अरुलाई रातो पहिरनमा देखेर सेतो पहिरनमा रहेका महिलाको तुलनामा उनीहरुलाई सेक्सका लागि बढी आँतुर मान्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।