0 COMMENTS

काठमाडौँ, २२ चैत०७४/ एकताको मिति र मिल्न बाँकी विषयमा टुङ्गो लगाउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

यसअघि मंगलबारको संयोजन समितिको बैठकले पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन ग्रहण गरेको थियो । प्रतिवेदनमा आउँदो वैशाख ९ मा एकता गर्न सुझाव दिइएको छ ।

एकताको मिति र कार्यदलले मिलाउन बाँकी विषयमा छलफल गर्न आज एकता संयोजन समितिको बैठक बसेको हो । दुई दलबीच चुनाव चिह्न, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ ।

गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेपछि एकता प्रक्रियाले गति लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।