0 COMMENTS

 काठमाण्डाै२१चैत०७४/  सामाजिक सञ्जाल फेसबुकले झण्डै ९ करोड नागरिकको जानकारी राजनीतिक सल्लाह दिने कम्पनी क्याम्ब्रिज एनालिटिकासँग गलत तरिकाले साझेदारी गरेको पाइएको छ ।

९ करोडमध्ये ११ लाख नागरिक बेलायतका छन् । फेसबुकका मुख्य प्राविधिक माइक श्रोएन्फरको ब्लगबाट यो तथ्य बाहिर आएको खबरमा उल्लेख छ । यो ब्लग अमेरिकाको हाउस कमर्स कमिटिको घोषणाको केही घण्टापछि सार्वजनिक भएको थियो ।

यसबारेमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले आउँदो बुधबार अघि नै जवाफ दिनुपर्नेछ । केही समयअघि क्याम्ब्रिज एनालिटिकाले करोडौं नागरिकको जानकारी लिइरहेको भनिए पनि डिलिट गरिदिएको जनाएको थियो ।बीबीसी 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।