0 COMMENTS

नामाकरण
ज्योतिष शास्त्रका आधारमा कसरी न्वारनको नाम राखिन्छ भन्ने हाम्रो आजको मूल विषय हो । ज्योतिष शास्त्रका आधारमा सौरमण्डलको ३६० डिग्रीको भागलाई विभिन्न रुपले विभाजन गरिएको छ । यही ३६० डिग्रीको सौरमण्डललाई २७ भागमा विभाजन गरिएको छ । यही २७ भागलाई नै नक्षत्र भनिन्छ । हरेक ३०/३० डिग्रीको भागलाई अलग अलग नक्षत्रको नाम दिइएको छ । यसरी प्रत्येक नक्षत्रलाई पनि ४/४ भाग लगाइएको हुन्छ । यसैका आधारमा नै मानिसको नामाकरण गरिन्छ । यीनै २७ नक्षत्र मध्ये चन्द्रमा जुन नक्षत्रको जुन भागमा पुगेको हुन्छ, जन्मिने बालाको नाम पनि त्यही नै हुन्छ । नामको पहिलो अक्षर के हुन्छ भनेर ज्योतिषका ग्रन्थहरुमा निर्धारण गरिएको हुन्छ ।

जन्मेको समयमा कुन नाम पर्छ भनेर पत्ता लगाउनको लागि चन्द्रमाको अवस्था थाहा हुनुपर्छ । चन्द्रमा यस समयमा कहाँ पुगेको छ भनेर पत्ता लगाउनको लागि ज्योतिष शास्त्रमा विभिन्न सूत्रहरु बताइएको छ । मानिस जन्मेको समय यसको लागि अनिवार्य चाहिन्छ । जन्मेको समयलाई घडी पलाको रुपमा रुपान्तरित गरिन्छ । २४ घण्टाको एक दिन हुन्छ भने ६० घडीको पनि १ दिन नै हुन्छ । त्यसकारण २४ घण्टालाई ६० घडीमा रुपान्तरण गर्दा १ घण्टा बराबर साढे २ घडी हुन आउँछ । जन्मेको समयमा त्यस दिन भएको सूर्योदय घटाइ बाँकी रहेको समयलाई २ गुना गरेर आधा जोडिन्छ । यसरी जति समय छ त्यसमा त्यति नै जोडी शुरुको समयलाई आधा गरेर जोड्दा जन्मेको घडिपलाको समय निस्कन्छ । यही जन्मेको घण्टा मिनेटको समयलाई नै घडि पलामा रुपान्तरित गर्दा आएको समयलाई इष्ट घडी पला भनिन्छ ।

जन्म भएको समयलाई रुपान्तरण गरेर इष्ट घडी पला बनाइसकेपछि पात्रो मा त्यस दिनको नक्षत्र हेरिन्छ । यदि त्यस दिनको नक्षत्रको घडी पला भन्दा जन्मेको इष्टघडीपला कम भयो भने त्यही नक्षत्रलाई जन्म नक्षत्र मानिन्छ । जन्मनक्षत्रमो अघिल्लो दिन कति गएको छ भन्ने निकालेर जन्म भएको नक्षत्रको अवधी कति घडी पलाको छ निकालिन्छ । यसरी जन्म भएको नक्षत्रको पुरै अवधीलाई भभोग भनिन्छ । यहि भभोग अर्थात जन्म नक्षत्रको पुरै घडी पलालाई ४ भाग लगाइन्छ ।

त्यसपछि मानिस जन्मिएको इष्टघडिपलामा त्यसदिन सूर्योदय हुनुभन्दा अघि जन्म नक्षत्रको कति घडी बितेको थियो, त्यति घडी पला जोडिन्छ । यही नक्षत्र सुरु भएपछि मानिस जन्मिएको समय सम्मको घडी पलाको अवधीलाई भयात भनिन्छ । यही भयातको नै आधारमा न्वारनको नाम निकालिन्छ । अघि निकालिएको भभोगको ४ भाग मध्ये भयातको घडीपला कुन भागमा पर्छ, मानिसको नाम पनि त्यही नक्षत्रको क्रम अनुसारको नाम पर्छ ।

यसरी नाम निकाल्दा लगभग औसतमा ६ घण्टाको अवधी भर जन्मिने बालकहरुको नाम एकै पर्न सक्छ । तर नाम परिवर्तन हुने समयमा जन्म भएको छ र एउटा बालक र अर्को बालकको जन्मेको स्थान धेरै टाढाको दूरीमा छ भने एकै समयमा जन्मिएता पनि स्थानीय समयको अन्तरको आधारमा नाम फरक पर्न सक्छ ।

यसरी चु, चे, चो, ला, अश्विनी, ली, लु, ले, लो भरणी गर्दै जाँदा नक्षत्रको कुन चाहीँ चरणमा नाम पर्न जान्छ त्यही नै नाम न्वारनको नामको पहिलो अक्षर हुने गर्दछ भने बाँकी नाम चाहिँ आफ्नो अनुकुलता अनुसार राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।