0 COMMENTS

सबैजनाको घरमा ऐना हुन्छ नै। तपाईं दिनदिनै ऐनाअगाडि उभिएर शृंगार गर्नुहुन्छ होला । तर वास्तुअनुसार सही स्थानमा ऐना नराख्दा समस्या आउँछ है।

त्यसो त मिलाएर ऐना राख्दा वास्तुदोष निवारण हुन्छ। त्यसैले ऐनाका सम्बन्धमा वास्तुसम्बन्धी गल्ती नगर्नुहोला।

ऐना किन्दा विचार पु–याउनुपर्छ । आफ्नो अनुहार प्रस्ट र वास्तविक देखिने सफा ऐना किन्नुस्। धमिलो र विकृत अनुहार देखिने ऐनाले खराब प्रभाव पार्छ र रोग बढाउँछ।

ऐनालाई घरको उत्तर र पूर्वतर्फको भित्तामा राख्नुपर्छ । वास्तुविज्ञानअनुसार यी दुई दिशामा राखिएको ऐनाले व्यापार व्यवसायमा घाटा र आर्थिक हानिलाई हटाएर धनवृद्धि गराउँछ।

ऐना जति हलुका र ठूलो हुन्छ, वास्तुविज्ञानअनुसार त्यत्तिनै लाभदायक हुन्छ। घरमा सुखसमृद्धि बढाउनका लागि ढोकाअघि सानो गोलो ऐना राखेको राम्रो हुन्छ।

शयनकक्षको ढोकाअघि ऐना लगाउँदा लाभप्रद हुन्छ। तर प्रवेशद्वारको अगाडि ऐना नलगाउनुस्, अन्यथा हानि हुन्छ। वास्तुविज्ञानअनुसार त्यहाँ ऐना लगाउँदा सकारात्मक ऊर्जा ऐनामा ठोकिएर फर्किन्छ।
शयनकक्षभित्र चाहिँ ऐना नराखेको राम्रो हुन्छ। यहाँ ऐना राख्दा पतिपत्नीको सम्बन्धमा विश्वासको कमी हुन्छ र मतभेद बढ्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।