0 COMMENTS

बि.स.२०७४ चैत्र २१ गते । बुधवार । ईश्वी सन् २०१८ अप्रिल ०४ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्णपक्ष । तिथि चतुर्थि ३० घडी ५४ पला,बेलुका ६ बजेर १५ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र बिशाखा,६ घडी ६ पला,बिहान ८ बजेर २० मिनेट उप्रान्त अनुराधा । योग सिद्धि ५० घडी १५ पला । करण बालव,बेलुकी ६ बजेर १५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा धाता योग । चन्द्रराशि बृश्चिक । काठमाडौँमा सूर्योदय ५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २२ मिनेट । दिनमान ३१ घडी ११ पला

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ): विद्या तथा प्रतिस्पर्धामा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने तथा नसकिने हुँदा मनमा निराशा पैदा हुँनेछ । व्यावसायमा लगानी गरे पनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुँनेछ । माया प्रेममा धोका हुँनेछ भने परिवारमा झैँ झगडा हुँने सम्भावना अधिक रहेको छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउँनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा): स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउँनेछ । रमाइलो यात्राको तय हुँने तथा व्यापार व्यावसायबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): आफन्त तथा परिवार बाट अप्रीय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुँनेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुँनाले रुपैयाँ पैसाको ब्याबस्थापन गर्न गाह्रो हुँनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । तयारी बिनानै प्रस्तुत गरिने योजना विफल हुँन सक्छ ध्यान दिनुहोला । वैदेशिक यात्राको प्रबल सम्भावना रहेको छ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो): दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुँनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पुरा हुँनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउँन सकिनेछ । व्यापारमा लगानी बढाई भनेजस्तो नाँफा कमाउँन सकिनेछ । पढाई लेखाइमा उल्लेख्य सुधार आई अरूलाई निकै पछाडि पारिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबिचको सम्बन्धमा सुधार भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): व्यापार व्यावसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुँने योग रहेको छ । साथीभाइ तथा शुभचिन्तक हरेको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरू गर्न सहज हुँनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाइमा अरूलाई धेरै पछाडि छोड्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): व्यापार व्यावसायमा अरू दिन भन्दा बढिनै समय दिनु पर्नेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले पर्ने हुँदा दैनिक कामकाज गर्न गाह्रो महसुस हुँनेछ । धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । अध्ययन अध्यापनको क्षेत्रमा तपाईँ आफ्नै कमजोरीले पछि परिने सम्भावना रहेकोे छ । पढाई लेखाइको सन्द्रर्भमा लामो दुरीको यात्रा हुँने अधिक सम्भावना रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): खोज तथा अनुसन्धानमा गरिएको लगानीबाट भनेजस्तो सफलता पाउँन मुस्किल रहेको छ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु): माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय हुँनछ भने व्यापार व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे): व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने नयाँ ठाउँमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउँन सकिनेछ । न्यायिक निर्णयहरू तपाइकै पक्षमा आउँने हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउँनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): व्यावसायमा लगानी गरे पनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुँनेछ । खानपानमा विशेष ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउँनेछ । विद्यामा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुँनेछ । सन्तान तथा छोराछोरीको माध्यामबाट काम बन्ने योग रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा): आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुँनेछ । प्रेम प्रशङगमा तित्तता आउँन सक्छ ध्यान दिनुहोला । समाजसेवामा दिन बित्नेछ भने अरूको काम गरी प्रसन्न हुँने समय रहेको छ । अरूकै काममा समय खर्चिँदा आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुँनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहायोग हुँने हुँदा मन खुसी रहनेछ । छोटो दुरीको यात्रा तय हुँनेछ । उद्योग तथा व्यावसायमा लगानी बढाई भनेजस्तो नाँफा कमाउँन सकिनेछ । पराक्रम बढेर जानेछ । माया प्रेममाको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउँनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।