0 COMMENTS

सिन्धुली२०, चैत०७४/ सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा बम विस्फोट भएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम विस्फोट गराएको बताइएको छ ।कालिका कन्स्ट्रक्सनले धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माणको माग गर्दै आएको छ । सडकसँगै रहेको कार्यालयको हाताभित्र वम विस्फोट गराउँदा अस्थायी नम्बर प्लेट भएको एक नयाँ पिकअप पूर्णरुपमा जलेको छ भने दुई वटा टिपरमा क्षति पुगेको छ ।

विस्फोटबाट कार्यालय भवनमा समेत क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी टीकाबहादुर केसीले जानकारी दिए ।

यसअघि सोही समूहले सिन्धुलीको मरिण गाउँपालिकास्थित एनसेलको टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ । विस्फोटमा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।