0 COMMENTS

जन्डिस शरीरको विभिन्न भागमा पहेँलोपनको रुपमा देखा पर्दछ । जण्डिस आफैमा रोग नभई कुनै रोगको कारण हुन्छ । पहेँलोपनको जण्डिस असामान्य अवस्था हो तर बिरामीले जण्डिसलाई नै रोग भन्ने गरेका छन् ।

खाना पचाउन सहयोग गर्ने कलेजोमा प्रदूषित खानपान, फोहोर पानी र अत्याधिक मद्यपानले असर गर्छ । जसका कारण जन्डिसको संक्रमण वढी हुन्छ । जन्डिसलाई समयमा नै नियन्त्रण गर्न नसकिएमा मृत्यु पनि हुन सक्छ ।

खानपानमा ध्यान दिनु र आराम गर्नु नै जन्डिसको उपचार हो । यो रोगलाई आयुर्वेद र एलोपेथी दुवै विधिबाट उपचार गरिन्छ । आयुर्वेदमा कमलपित्त हुँदाखेरि कस्ता कुरा सेवन गर्ने या नगर्ने भन्ने रहेको छ ।

जन्डिस हुँदा यी कुरामा ध्यान दिनुस् :

फलफूलहरू : स्याउ, सुन्तला, नासपती, कलिला काँक्राहरू, उखु, मेवा, नरिवलको पानी, खरबुजा, तरबुजा, गाँजर, मुला, प्रशस्त खाने ।

सब्जीहरू :रायोको साग, काउली, बन्दा, फर्सीको मुन्टा, सिमी, तितेकरेला, लौका, स्कुस, आलु, च्याउ, फर्सी हरियो र पाकेको चम्सुर, पालुंगो, मेथीको साग, सिधेनुन जिरा हालेर उसिनेको तरकारी खान हुन्छ । जिउ चिलाउन थालेमा भने नुन नखानु राम्रो हुन्छ ।

मसलाहरू : सिधेनुन, जिरा, धनिया, अदुवा, लसुन, प्याज, बेसार, जन्डिस कम हुँदै गएको अवस्थामा मात्र थोरै
खान सकिन्छ ।

पेयपदार्थहरू : पानी, ग्लुकोज पानी, मिश्री पानी प्रशस्त मात्रामा खाने उखु मौसम सुन्तला आदिको जुस खाने

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।