0 COMMENTS

स्वस्थ सेक्सले पोटोपन घटाउन सहयोग गर्ने कुरा त बैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । यसका बावजुद पनि धेरै फाइदा छ । तर सेक्सले तपाईलाई स्मार्ट बनाउन पनि सहयोग गर्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । तर, एउटा अध्ययनले यही तथ्य पुष्टि गरेको छ।
एक अध्ययनका अनुसार यौन सम्पर्कपछि मुसाको दिमागी सेल वृद्धि भएको पाइएको छ। मेरिल्याण्ड युनिभर्सिटीका शोधकर्ताहरुले बढ्दो ब्रेन पावरको श्रेय सेक्स्युअल एक्टिभिटीलाई दिएका छन् । यद्यपि यो पनि देखिएको छ कि जब उनीहरुबीच यौन सम्पर्क बन्द गरियो तब दिमागलाई लाभ प्राप्त भयो त्यो पनि बन्द भयो ।

यसअघि गत वर्ष एक अध्ययनले सेक्सले दिमागी तनाव हटाउने तथ्य सार्वजनिक गरेको थियो । कम्तीमा मुसाको मामिलामा यो सतप्रतिशत सही सावित भएको छ। सेक्सले तपाईलाई स्मार्ट बनाउछ तर यसको अर्थ यो होइन कि बढी सेक्स गरेर तपाई स्मार्ट बन्नु हुनेछ ।
मनोवैज्ञानिक ट्रोसी शोर्सका अनुसार ब्रेन सेल्सको विकाका लागि कडा परिश्रम आवश्यक छ ।

उनले भने–तपाई कसरत र सेक्सबाट नयाँ सेल्स बनाउन सक्नुहुन्छ । यदि तपाई मेन्टल ट्रनिङ गर्नुहुन्छ भने तपाईले उत्पादन गरेका सेल्सलाई जिवित राख्न सक्नुहुन्छ । यदि तपाई दुवै कुरा गर्नुहुन्छ भने यसको मतलब तपाई बढी सेल्स बनाइरहनु भएको छ। र, सेल्स जिवित राखिरहनु भएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।