0 COMMENTS

चुम्बन अर्थात किसको महत्व प्रेममा महत्वपूर्ण छ । तर, यसको पछाडि कारण के छ भन्ने कुरा भने धेरै कमलाई मात्र थाहा छ ।पछिल्लो एक अध्ययनका अनुसार आफ्नो पार्टनरप्रति तपाईको लगाव कति छ भन्ने कुरा थाहा पाउन ‘किस’ को महत्वपूर्ण स्थान छ । यसले आपसी सम्बन्धलाई थप मजबुत बनाउन पनि सहयोग पुग्छ। एउटा रिलेशनसीपलाई बलियो बनाउनमा किसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

अध्ययनमा संलग्न अक्सफोर्ड युनिभर्सिटीका डिपार्टमेन्ट अफ एक्सपेरिमेन्टल साइकोलजीका छात्र राफेल भन्छन्–मानव समाजमा यौन सम्बन्ध र किसका विभिन्न रुपमा हाम्रो समाज र संस्कृतिमा अविश्वसनीय रुपमा प्रचलित छ ।
राफेल भन्छन्–मानवका पूर्वज मानिने चिम्पांजीजस्ता जन्तुमा पनि किस लिने दिने चलन छ । उनले भने–किस मानवको प्रेम प्रदर्शित गर्ने एउटा अनौठो तरिका हो। जुन अविश्वसनीय रुपमा निकै विस्तृत छ । तर, हामीलाई अहिले पनि थाहा छैन कि यो यति विस्तृत किन छ र यसले कुन उद्देश्य पुर्ति गर्दछ ।

राफेल यसलाई यसरी स्पष्ट पार्दछन्–सेक्स्युअल रिलेशनसीपमा किसको भूमिकाको विषयमा तीन वटा थ्यौरी छ । पहिलो दुवै पार्टनरको जेनेटिक क्वालिटि बढाउछ । दोस्रो, सेक्सका लागि उत्तेजनाको काम गर्दछ । र, तेस्रो यसले रिलेशनसीपलाई अझ प्रगाढ बनाउन सहयोग गर्दछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।