0 COMMENTS

अमेरिकी शोधकर्ताहरुका अनुसार तपाई कोस“ग मित्रता गर्नुहुन्छ भन्ने कुरा तपाईको जीनको संरचनाबाट थाहा हुने गर्दछ। दुई अलग अलग शोधका आ“कडालाई मिलाएर गरिएको अध्ययनबाट रक्सीको लतको शिकार मानिसमा पाइने जीन जुन व्यक्तिमा हुन्छ उनीहरु साथै रहन्छ मन पराउछन् । तर पाचन र खुलापनस“ग सम्बन्धित जीन जुन व्यक्तिमा एकै प्रकारका थिए उनीहरु अलग अलग भएको पाइयो।

नेशनल एकेडेमी अफ साइन्समा यो शोधको परिणाम प्रकाशित छ। शोधकर्ताहरुले ६ जीन अध्ययन गरेका थिए । रक्सीको लतस“ग सम्बन्धित मानिने एउटा जीनको डीआरडी २ को अध्ययनबाट थाहा भयो कि यो जीन भएका व्यक्तिहरु मानिसहरुमा घुलमिल हुन्छन् । यही सीवाईपी२ए६ जीन जुन निकोटिन जस्तो तत्व पचाउने काम गर्दछ यो जीन भएका व्यक्तिहरु एकअर्कादेखि टाढा रहने गर्दछन्।
यस्तो किन हुन्छ ? यसको जवाफ शोधकर्ताहरुस“ग छैन तर उनीहरुका अनुसार यो जीन बचाउ रणनीतिको एउटा हिस्सा हुन सक्दछ।
शोधकर्ताहरुका अनुसार विभिन्न दम्पत्तिमा पनि यसप्रकारको तथ्य फेला परेको देखिएको छ। यस्तो देखिएको छ कि कुनै पनि व्यक्ति आफ्नो जस्तै रोग भएको व्यक्तिको छनोट जीवनसाथीका रुपमा गर्दैन । सीवाईपी२ए६ जीन यदि तपाईमा छ भने तपाई नया“ विचार र स्थितिस“ग निपट्नका लागि तयार रहनु हुन्छ।

स्वभावित रोजाई
तर, यो सबै यति सिधा र सरल छैन, जसले रक्सी पिउछ उ बार वा पब जान्छ र उसका मित्र पनि त्यही बन्दछ । शायद एकैप्रकारको जीनको पछाडि यो एउटा कारण हुन सक्दछ।

शोधकर्ताहरुले जुन ६ जीनका अध्ययन गरेका थिए यसमध्ये चार जीनमा त्यही जीन र मित्रता सिधा बलियो सम्बन्ध देखिएन ।
यो शोधको नेतृत्व गर्ने क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर जेम्स फाउलरका अनुसार निकै हदसम्म यस विषयमा हाम्रो समझ बनाउन सफल छ, हामी स्वभाविक रुपले किन केही व्यक्तिलाई बढी मन पराउछौ र केहीलाई पराउंदैनौ ?
उनले बीबीसी न्युजलाई भने, मेरो विचारमा यो हुन सक्छ कि मित्रताको पछाडि कुनप्रकारको जीन छ, यसलाई पत्ता लगाउनाले हाम्रो मित्रताको प्रक्रिया बुझ्न सहज हुनेछ। तर, अरु शोधको आवश्यकता छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।