0 COMMENTS

बासुदेब सेढाइ,लमजुङ१८चैत०७४/  नेपाल राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले सम्पूर्ण नेपाली युवाहरुलाई बिदेश नजान अाग्रह गर्नुभएको छ । लगानीको राम्रो वातावरण छ राेजगारीकाे प्रशस्तै सम्भावना भएको अवस्थामा पनि नेपाली युवाहरु बिदेश जान तछाड मछाड गर्नु लज्जास्पद बिषय भएको बताउनुभयो । लमजुङको बेसिशहरमा अाज अायाेजित सङ्घीय संरचनामा व्यावशाय प्रवर्द्धन ,वित्तीय लगानी र वित्तीय संस्थाकाे भुमिका विषयक अन्तरक्रियात्मक गाेष्ठीमा बाेल्दै उक्त कुरा ब्यक्त गर्नुभएको हाे ।

गाउँ गाउँमा बैंक तथा बित्तिय संस्थाहरु छन् त्यहीँबाट ऋण लिएर लगानी गर्नुस् अाफै एउटा सफल उद्योगी व्यावशाहि वन्नुस् खाडी मलेसिया वा युरोप अमेरिका जुनसुकै देशमा गएपनि नाेकर बन्नुपर्ने भएकोले नाेकर हाेईन मालिक बन्ने मानसिकता सृजना गर्न अाग्रह गर्नुभयो । एउटा राेचक प्रसंग प्रस्तुत गर्दै गभर्नरले चिनमा धनाड्य ब्यक्ति देखे मुस्कान सहित स्वागत गर्ने तर नेपालमा धनि देखे रिस गर्ने कारणले नेपालमा लगानीको वातावरण नबनेको स्पष्ट पार्नुभयाे । नेपालकाे माटो अत्यन्तै उर्भर रहेकोले जाहां बिउ छर्दा मात्रै पनि उत्पादन हुने ठाउँमा बार्षिक अरबाैंकाे कृषि उत्पादन अायात हुनु अति दुर्भाग्यपूर्ण कुरा भएकोले यसले भविष्यमा देशकाे अर्थतन्त्रमा गम्भीर असर पार्नेछ । अाफ्ना छाेराछाेरी अमेरिका युरोप पुगेको भन्दै मख्ख पर्न नहुने अरुकाे मुलुक बनाएर नेपाल लाई फाइदा हुदैन ।

अार्थिकरुपमा क्रियासिल नागरिक बढी भएको देशले मात्रै बिकासमा फड्को मार्ने भन्दै नेपाल काेरिया एकै ठाउँबाट बिकासमा अघि बढ्दा अाज काेरिया जान नेपाली रातिदेखि लाईनमा खडा छन् तर नेपालकाे भने यस्तो हालत छ उहाँको भनाइ थियोे । गाउँ गाउँमा बैंक वित्तीय संस्था भएकोले घरमा पैसा नराख्न र अनुत्पादक क्षेत्रमा रकम खर्च नगर्न समेत गभर्नरले सबैसँग अाग्रह गर्नुभयो । बैंकहरुले अाफु खुसि ब्याज बढाएकाे गुनासो मा गभर्नरले बैंक व्यापार मुखि नभएर सेवामुखि बन्नुपर्ने र ब्याज बढाउदा सेवाग्राहीकाे सहमतिमा मात्रै बढाउन सकिने स्पष्ट पार्नुभयाे ।

कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका परामर्शकर्ता नवीनचन्द्र घिमिरेले सम्बन्धित बिषयकाे कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे भने कार्यपत्र माथि बैंक तथा बित्तिय संस्थाका प्रतिनिधि , उद्योगी व्यावशाहि, संचारकर्मि लगायतले टिप्पणी गर्दै व्यापारी व्यावशाहि र बैंक तथा बित्तिय संस्थाका समस्या अवसर लगानीको वातावरण ,ऋण लगानी र असुली , ब्याजदर लगायत जिल्लाकाे समग्र अार्थिक गतिविधिकाे बारेमा छलफल गर्नुभएको थियोे लमजुङ उद्योग वाणिज्य संघले अायाेजना गरेको कार्यक्रममा शुभकामना मन्तब्य संघका अध्यक्ष यबं कार्यक्रमका सभापति राजेश थापाले गर्नुभएको थियोे भने कार्यक्रमकाे सहजिकरण संघका उपमाहा सचिव प्रदिप

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।