0 COMMENTS

सन्तान उत्पादन नहुनु बाँझोपन हो । वैवाहिक जीवनपश्चात् नियमित शारीरिक सम्बन्ध राख्दासमेत बच्चा नभएमा बाँझोपनको आशंका गर्नुपर्छ । बाँझोपन हुनुका थुप्रै कारण हुन्छन् । बाँझोपनका लागि कुनै एक कारण मात्र जिम्मेवार हुँदैन ।

महिला र पुरुष दुवैमा हुने जनेन्द्रियसम्बन्धी समस्याले पनि बाँझोपन हुन सक्छ । त्यसैले गर्भधारण गरी सन्तान जन्माउन नसक्नुमा महिलालाई मात्र दोष दिनु उचित हुँदैन । यस्तो समस्यामा पुरुष पनि उत्तिकै जिम्मेवार हुन्छन् । यसर्थ, दुवैजनाले आ–आफ्नो स्वास्थ्य वेलैमा जाँच गराई समस्याको मूल पहिल्याउनुपर्दछ ।

पुरुषमा: पुरुषमा वीर्य उत्पादनमा कमी हुँदा वा नहुँदा, अत्यधिक लागुपदार्थ सेवन गर्दा, सम्भोगमा करिब दुई एमएल वीर्य स्खलन नहुँदा पनि बाँझोपनको समस्या आउन सक्छ । सामान्यतया स्वस्थ व्यक्तिको वीर्यमा शुक्राणुको संख्या चार करोडदेखि १० करोडसम्म हुन्छ । कुल शुक्राणुमध्ये करिब ३५ प्रतिशत शुक्राणुको बनावट गर्भाधान गर्न योग्य हुन्छ । त्यसैले शुक्राणुको मात्रा कम देखिएमा पनि यस्तो समस्या आउन सक्छ ।

महिलामा: प्रजनन अंग पूर्ण रूपमा विकसित नहुँदा, डिम्बबाहिनी नली अर्थात् फोलिपियन ट्युबमा अवरोध सिर्जना हुँदा, पाठेघरमा घाउ भएमा, श्वेतप्रदर (ल्युरोकोरिया), गर्भाशयमा ग्रिवा सोथ, डिम्बाशयमा सिस्ट हुँदा बाँझोपनको समस्या निम्तिन सक्छ । डिम्ब निष्कासन नहुँदा, थाइराइड ग्रन्थिको हर्मोनमा समस्या देखिँदा, शारीरिक एवं मानसिक तनावलगायतका कारणले पनि महिलामा बाँझोपनको अवस्था निम्तिन्छ ।

लक्षण

महिनावारी हुने समय अत्यधिक रूपमा तल्लो पेट र कम्मरको भाग दुख्नुका साथै कालो र ढिक्का–ढिक्का रगत बग्नु ।

योनिबाट नियमित रूपमा सेतो पानी बग्नु ।

सम्भोगका वेला पीडा महसुस हुनु, रुचि घटेर जानु ।

अनियमित रूपले महिनावारी हुनु ।एजेन्सी । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।