0 COMMENTS

तपाईंहरुको आँखा जुध्यो, उनले तपाईंलाई झवाट्ट हेरे र त्यहि एक सेकेन्डको हेराइमा नै पुरुषले तपाईंको बारेमा पाँच कुराहरु हेरि सकेका हुन्छन् । ती पाँच कुराहरु के हुन् ? पढौं न त ।

कपाल बाँध्नु भएको छ कि खुल्ला

कुनै पनि महिलाको कपाल खुल्ला छ कि बाँधिएको छ, पुरुषहरुले यो कुरा पहिलो नजरमा नै याद राख्छन् । रपुन्जेलको जस्तो लामो कपाल उनीहरुलार्ई चाहिँदैन तर, जस्तो भएपनि उनीहरुलाई खुल्ला कपाल नै मनपर्छ । आफूलाई मनपरेको महिलाको कपाल खेलाउन पुरुषहरु चाहन्छन् ।

एक वास्तविक मुस्कान

के तपाईंको मुस्कान आँखामा झल्किन्छ ? यदि यसको उत्तर सकारात्मक छ भने तपाईं झन् खुसी हुनुहोस् किनभने पुरुषहरु तपाईंको वास्तविक मुस्कानको निर्णय गर्न माहिर हुन्छन् ।

स्वरको वास्तविक

एक अध्ययनका अनुसार पुरुषहरु महिलाहरुको स्वरलाई बढि ध्यान दिन्छन् किनभने यो जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने विश्वसनीय आधार हो ।

तपाईंको हिपको बनावट

यदि तपाईंको पेट हिपभन्दा सानो छ भने यसले प्रजनन अवस्थालाई इंगित गर्छ र पुरुषहरुले यसको निकै ख्याल राख्दछन् ।

तपाईंको आँखा

मानिसहरुले शरीरको अरु भागहरुभन्दा आँखामा बढि ध्यान दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।