0 COMMENTS

निद्राको कमीलाई एउटा ठुलो स्वास्थ्य समस्याको रुपमा लिनुपर्दछ। मेन्टल हेल्थ फाउण्डेशनको एक रिपोर्ट ‘स्लीप म्याटर्स’ का अनुसार निद्राको कमीका कारण सम्बन्धमा समेत असर देखिएको छ। साथै तपाईमा ऊर्जाको कमीसमेत देखिनेछ र तपाई कुनै काममा ध्यान दिन सक्नु हुने छैन।

निद्राको कमीलाई यसअघिबाटै अवसाद, हृदयरोग र रोग प्रतिरोधात्मक क्षमताको कमीस“ग जोडेर हुर्ने गरिएको छ। अब यो रिपोर्टमा डाक्टरहरुले यसको लक्षण पहिचानका लागि थप प्रशिक्षण दिनुपर्ने बताएका छन्।

बेलायतमा गरिएको एक आंकलनमा करिब ३० प्रतिशत मानिस निद्राको कमीका कारण सिर्जित विरामी पीडित पाइए । करिब ६ हजार ८ सय मानिसले एक अनलाइन सर्भेमा भाग लिएका थिए । जुन बेलायतमा अहिलेसम्मकै यसप्रकारको सबैभन्दा ठुलो सर्भे हो । सर्भेबाट थाहा भएनुसार आमा मानिसहरुस“ग निद्राको कमी या इन्सोमनियाको शिकार चार गुना बढी मानिसलाई आफ्नो सम्बन्ध निर्वाह गर्न समस्याहरु देखिने गरेको थियो। तीन गुना बढी मानिस तनावग्रस्त रहेन्छन् र तीन गुना मानिस यो कुराको गुनासो गर्दछन् कि उनीहरु ध्यान दिन पाइरहेका छैनन् ।

मेन्टल हेल्थ फाउण्डेशनका बरिष्ठ शोधकर्ता र यो रिपोर्टका मुख्य लेखक डा. मैन रौबोथैमका अनुसार हुने यो गर्दछ कि पहिला तपाईलाई निद्रा कम लाग्ने गर्दछ, जसबाट मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरुस“ग जुझ्नु पर्नेछ र फेरि यसैका कारण तपाईमा निद्रा कम लाग्ने गर्दछ।
उनका अनुसार मानिसहरुका लागि यो दुष्चक्रबाट पार पाउनु धेरै आवश्यक छ, यसका लागि उनीहरुलाई पुरा निद्रा जरुरी छ । साथै कर्मचारी, विद्यार्थी र सार्वजनिक स्वास्थ्य सेवाहरुले निद्राको कमीका शिकार भएका मानिसहरुको जानकारी राख्ने आवश्यक छ र उनीहरुलाई सहयोग गर्नपर्ने देखिन्छ।

निद्राको कमीसम्बन्धी गम्भीरतालाई नगर्न सकिन्न । यसको असर स्वास्थ्यका साथै साथै हाम्रो अर्थव्यवस्था र हाम्रो दैनिक सुखी जीवन पनि प्रभावित हुने गर्दछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।