0 COMMENTS

काठमाडौं १७चैत०७४/ नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुप-यो।

काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण ग-यो? सबैको अनुमान– प्राविधिक समस्या भएर होला। तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको थियो।

वरिष्ठ क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्यले उडाएर ल्याएको ‘९ एन–एकेडब्लू’ कलसाइनयुक्त उक्त जहाज दुबईबाट शुक्रबार बिहान ४ बजे काठमाडौंका लागि उडेको थियो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।