0 COMMENTS

बि.स.२०७४ चैत्र १६ गते । शुक्रवार । ईश्वी सन् २०१८ मार्च ३० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि चतुर्दशी २२ घडी ३८ पला,बेलुका ७ बजेर ३ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र पूर्वाफाल्गुनि,२ घडी २२ पला,बिहान ६ बजेर ५६ मिनेट उप्रान्त उत्तरफाल्गुनि । योग गड ८ घडी ४२ पला,बिहान ९ बजेर २८ मिनेट उप्रान्त वृद्धि । करण गर,बिहान ७ बजेर ४५ मिनेट उप्रान्त वणिज,बेलुका ७ बजेर ३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि सिंह । काठमाडौँमा सूर्योदय ५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २० मिनेट । दिनमान ३० घडी ५१ पला ।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ): शेयर बजार, स्कुल कलेज तथा बैक ईन्सुरेन्समा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ भने सन्तान तथा छोराछोरीको उच्च स्तरीय शिक्षा देखेर मन प्रसन्न हुनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले पुराना समस्या बढ्नाले आत्मबलमा कमीको महसुस हुनेछ । व्यापार व्यावसायमा मन्दिा आउनेछ भने समयको ख्याल नगरी लगानी गर्नाले प्रतिफल ढिला प्राप्त हुनेछ । पहिलेका न्यायिक निर्णयहरू उल्टने तथा न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउने हुनाले मानसिक तनाव बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा): चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुँनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुँनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुँनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रसन्न रहनेछ । व्यापार व्यावसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): छोटो दुरीको यात्रा तय हुँनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुँनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले सामाजिक काममा समय बित्ने भए पनि तपाईँको डाहा गर्नेहरुले जनतामाझ अनावश्यक भ्रम तथा गलत म्यासेज लाने हुँनाले आलोचनाको सिकार होईनेछ ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो): पारिवारि सभा समारोहका सहभागी भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारित तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुलो नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बसँग कुनै पनि कारोबार गर्दा ध्यान दिनुहोला सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले छिमेकी तथा दाजुभाइ सँग घरायसी कुरामा मनमुटाव सिर्जना हुनेछ भने आफन्तले खासै साथ दिने छैनन् । हल्लाको लहैलहैको पछि लाग्दा समयमा काम गर्न सकिनेछैन भने पुराना समस्याहरू बिउँझिने छन् ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या देखापर्न सक्छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउँन सहज हुँनेछ । व्यावसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । दुख सुखमा साथ दिनेहरू प्रशस्त भेटिनेछन् । क्षमता प्रदशन गरेर नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : बिहानको समय मध्ययम रहेकोले कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुँनुहोेला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुँने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । मध्यान्हबाट समय राम्रो रहेकोले क्षमता प्रदशन गरेर नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउँन सहज हुँनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते): नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउँन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । विद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाइमा मन जानेछ । सरकारी सम्पत्ति तथा पृत्रिक सम्पत्ति हात लागि हुँने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । साँझपख लामो दुरीको विदेश यात्रा हुनेछ भने स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृश्चिक(तो,ना,नि,नू,ने,नो,या,यी,यु): गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउँनेछन् । सामाजिक काम गर्ने वातावरण बन्ने हुँनाले नाम तथा दाम दुवै कमाउँन सकिनेछ । कामहरू समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोस जाँगर बढेर आउँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फर्किला हुँनेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,डा,भे): पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । मध्यान्हबाट समय मध्ययम रहेकोले दिनभर प्रशस्त समय खर्चिएपनि न्यून आम्दानीमा काम गर्नुपर्नेछ । बुबा वा बुवा सरहका मानिससँग मनमुटाव बढ्नेछ भने पैतृक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): कामहरू समयमा सम्पन्न नहुँने हुँदा दुख पाउँने समय रहेको छ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउँन असजिलो हुँनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पढ्ने लेख्ने काममा मन जाने हुँनाले चाहेको सफलता चुम्न सकिनेछ । अग्रज तथा साथीभाइ सँग मिलेर नयाँ योजना बनाउँन सकिने समय रहेको छ । धार्मिक यात्रा हुँने तथा विभिन्न शक्तिपिठहरुको दर्शन गरी आर्शिबाद लिन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थाई सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवार सँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले मय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईँको काममा सहयोग हुँनेछ । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउँनेछ । अदालतबाट आउँने निर्णयहरू तपाइकै पक्षमा आउँने हुँनाले एक किसिमको उमङग शरीरमा आउँनेछ । साँझपख समय मध्ययम रहेकोले कुनै पनि भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्न नघट्ला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।