0 COMMENTS

काठमाडौँ१६चैत०७४/ भूकम्पपछि सामाजिक काम गरेर निकै चर्चा र प्रशंसा बटुलेका चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन्।

४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन्। उनले सबैको चाहना बमोजिम आफूले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन गर्न लागेको बताए । उनले भने ‘सबैतिरबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन गर्न अनुरोध आइरहेको र हाम्रो पनि नेपाली क्रिकेट टोलीको मनोबल बढाउने र सहयोग गर्ने दायित्व हुने हुनाले मैले यो परियोजनाको घोषणा गरेको हुँ।’

उनले भनेका छन् ‘नेपालको क्रिकेटले अन्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र, यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यही समितिको रोहवरमा इन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ ।’

साथै उनले यस परियोजनामा सरकारले पूर्णरुपमा सहयोग गर्ने आशा राख्दै भनेका छन्, ‘हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौँ र हाम्रो लक्ष्य, उद्देश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो। र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो यसमा नेपाल सरकारले गम्भीरतापूर्वक साथ, सहयोग अनि समन्वय गर्ने भन्नेमा हामी विश्वस्त छौँ।’

आफ्नो घोषणाबारे नागरिकसँग कुरा गर्दै उनले भने यो देशको आधारभूत आवश्यकता हो, सबै नेपाली र सरकार एकसाथ भएर जुटियो भने नबन्ने कुरै हुँदैन ।’ साथै उनले सरकारलाई जग्गा उपलब्ध गराउन आग्रह समेत गरे।

यस्तो छ उनको घोषणा:

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।