0 COMMENTS

काठमाडौं १६चैत०७४/युवतीहरुलाई मासिक ५० हजार तलब दिने भन्दै यौन व्यवसायमा लगाउने एक दम्पतिविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । काठमाडौं प्रहरीले मित्रनगरमा फ्लाटमा बस्दै आएका पोखराका राजु थापा र उनकी श्रीमती पम्फा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

महानगरिय प्रहरी वृत महाराजगञ्जका अनुसार अदालतमा ५ दिनको म्याद थपेर घटनाको थप अनुसन्धान भइरहेको छ । उनीहरुले बसपार्क क्षेत्रमा साकिरा डान्स बारसमेत खोलेको प्रहरीले जनाएको छ । श्रीमान–श्रीमतीको जोडीले कलेज पढ्ने युवतीहरुलाई मासिक ५० हजारसम्म तलव नै दिएर यौनधन्दाका लागि राखेको थियो ।

विदेशबाट आएका नेपाली र विदेशी बसेको कोठासम्म आफै ट्याक्सीमा लगेर पु¥याइदिने काम समेत यो समुहले गर्दै आएको थियो । कतिपय अवस्थामा युवती यौन सम्पर्कका लागि राजी नभए कुटपिट गर्ने, खान नदिने, वाहिर पनि निस्कन नदिने र थुनेर राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । यो खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।