0 COMMENTS

कण्डमको प्रयोग १५ हजारवर्षअगाडि प्रयोगमा आएको इतिहास छ । फ्रान्सका प्राचिन गुफामा मानिसले कण्डम प्रयोग गरेको १२ हजार देखि १५ हजार वर्ष पूराना चित्र भेटिएका छन् । सन् १६०० तिर जनावरको आन्द्राबाट बनाइएको कण्डम सर्वप्रथम सर्वसाधारणका लागि उपलब्ध भएको थियो ।

तर महंगो भएका कारण तिनीहरु पटक पटक प्रयोग गरिन्थे । सन् १८३९ मा चाल्र्स गुडइयरले पहिलोपटक रबरको कण्डम विकास गरेका थिए । त्यसपछि धेरै कम्पनीले यसको सिको गरेका थिए । सन् १९५७ मा अमेरिकी कण्डम उत्पादक कम्पनी डुरेक्सले पहिलोपटक चिल्लोपदार्थसहितको कण्डम उत्पादन ग¥यो ।

मध्यपूर्वी देशमा कण्डम विभिन्न तरिकाबाट प्रयोग गरिन्छ । किसानहरुले पानी बोक्न प्रयोग गर्छन्, छानोमा चुहिने ठाउँमा प्रयोग गर्छन् र सडक मजदूरले सडकलाई चिल्लो बनाउन कण्डम प्रयोग गर्छन् । भारतको बनारस शहर साडीका लागि चर्चित मानिन्छ । सरकारले निःशुल्क रुपमा वितरण गरेको कण्डम अचानक त्यहाँ निकै लोकप्रिय भएछ ।

यसको कारण खोज्दै जाँदा डाक्टरहरुले के पाएछन् भने कण्डम त्यहाँ साडीलाई चिल्लो बनाउन प्रयोग गरिदो रहेछ । बताइएअनुसार एउटा बनारसी सारी बनाउन १४ वटा कण्डमको प्रयोग हुन्छ । अमेरिकी सेनाले पनि कण्डम प्रयोग गर्छन्, तर, सेक्सका क्रममा होइन । उनीहरुले बगेको रगत रोक्न, पानी बोक्न, सर्जिकल ग्लोभ्सको रुपमा र बन्दुकमा बालुवालगायतका फोहोर पस्न नदिन कण्डम प्रयोग गर्छन् । – एजेन्सि

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।