0 COMMENTS

बि.स.२०७४ चैत्र १५ गते । बिहिबार । ईश्वी सन् २०१८ मार्च २९ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि त्रयोदशी ३६ घडी २२ पला,बेलुका १० बजेर ३३ मिनेट उप्रान्त चतुर्दशी । करण कौलव,बिहान ९ बजेर २६ मिनेट उप्रान्त तैतिल,बेलुका ८ बजेर ३३ मिनेट उप्रान्त गर । आनन्दादिमा मुसल योग । नक्षत्र माघ,४ घडी ४६ पला,बिहान ७ बजेर ५५ मिनेट उप्रान्त पूर्वाफाल्गुनि । योग शुल १४ घडी ५० पला,बिहान ११ बजेर ५६ मिनेट उप्रान्त गड । चन्द्रराशि सिंह । महावीर जयन्ती। काठमाडौँमा सूर्योदय ६ बजेर ० मिनेट,सूर्यास्त बेलुका ६ बजेर १९ मिनेट । दिनमान ३० घडी ४७ पला ।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ): थोरै लगानीबाट पनि मनग्गे आम्दानी हुनेछ भने सानो सानो व्यावसायमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । आर्थिक रूपमा सम्पन्न हुने समय रहेकोले परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा उपाहार प्राप्त हुने योग रहेको छ । शेयर बजार, स्कुल कलेज तथा बैक ईन्सुरेन्समा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ भने सन्तान तथा छोराछोरीको उच्च स्तरीय शिक्षा देखेर मन प्रसन्न हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा): घर जग्गा तथा माटोसँग सम्बन्धित कामहरूबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने तथा जनताको पक्षमा कामगर्न सक्दा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पढाई लेखाइमा भनेजस्तो सफलता हात लाग्ने तथा प्रतिस्पर्धीहरूलाई हराउँदै पुरस्कार तथा प्रशङसा पत्र जित्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । आमा तथा आफन्तको सुझावलाई सिरोधार्य गर्दै अगाडि बढ्दा गन्तव्य पहिल्याउँन सहज हुँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): समाजमा गुमेको साख फिर्ता हुँनुको साथै आफ्नो वर्चस्व बढाउँन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुँने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुँने हुँदा मन प्रसन्न हुँनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउँन सकिनेछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुँनेछन् ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो): परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुँनेछन् । कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाइने हुँदा काम गर्न सहज हुँनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रसन्न हुँनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुँनेछ भने व्यावसायमा लगानी गरे पनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुँनेछ । माया प्रेममा अविश्वास सिर्जना हुँने तथा परिवारमा झैँ झगडा हुँने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउँनेछ । विद्यामा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । अवसरहरूको सदुपयोग गर्न नसक्दा विभिन्न फाइदा जनक कामहरू अरूकै पोल्टोमा पर्नेछ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा अरूले नकारात्मक टिप्पणी गर्न सक्छन् ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : काम गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोले पुनह गर्नुपर्ला । व्यापारमा लगानी गरे पनि आम्दानी कम हुने हुनाले आर्थिक मुद्दाहरू थाती रहनेछन् । स्वदेशमा उत्पादित सामानको व्यापार व्यावसायबाट खासै आम्दानी नभएपनि विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय राम्रो रहेको छ । आफन्त तथा अग्रज सँग मनमुटाव सिर्जना हुनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते): दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुँने गतिलो सम्भावना रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउँन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । विद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाइमा मन जानेछ । सरकारी सम्पत्ति तथा पृत्रिक सम्पत्ति हात लागि हुँने प्रशस्त सम्भावना रहेको छ ।

बृश्चिक(तो,ना,नि,नू,ने,नो,या,यी,यु): चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउँन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुँन सकिनेछ । व्यावसाय फस्टाएरु जाने तथा व्यावसायिक यात्रा हुँनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुँनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरुले तपाईँको काम समयमा गरिदिने हुँनाले समय र रुपैयाँ पैसाको बचत हुँनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,डा,भे): आध्यात्मिक क्षेत्रमा ध्यान जानेछ भने लामो दुरीको यात्राको तय हुनेछ । विभिन्न अवसरहरूको सदुपयोग गर्दै धन तथा सम्पनि कमाउने सकिनेछ । सामाजिक काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । पढाई लेखाइकै सवालमा देश विदेशको यात्रा तय हुनेछ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । साथीभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ भने जीवन साथीको सल्लाहले व्यावसाय फस्टाएर जानेछ । दाजुभाइको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): कष्ट भावमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढ्नेछ भने व्यापार व्यावसायमा आम्दानी कम हुने दुनाले आर्थिक रूपमा अरूभन्दा पछि परिनेछ । पढाई लेखाइमा भनेजस्तो सफलता हात नलाग्दा स्कुल कलेज जान मन लाग्ने छैन । आफन्त तथा दिदी बहिनी सँग मनमुटाव बढ्ने योग रहेको छ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिने छैन । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ भने पति पत्नीबिच अविश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्न नघट्ला भन्न सकिन्न । घर परिवार विशेष गरी जीवनसाथी सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचढाव ल्याउँनेछ । अरूकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । व्यापापार व्यावसाय खस्केर जाने हुँनाले तत्कालका लागि कुनै योजना बनाएर लगानी गर्ने सोचमा हुनुहुन्छ भने थाती राख्नु होला घाटा लाग्ने योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुँनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनेछ । व्यापार व्यावसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।