0 COMMENTS

काठमाडौँ१५,चैत ०७४/ सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गरेको छ ।वुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको वैठकले अघिल्लो वर्षको तुलनमा २२ दिन बिदा कटौति गर्दै २०७५ सालमा ८९ दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले आर्थिक संमृद्धिलाई पहिलो प्राथमिकतामा राखेको तर सरकारी कार्यालयहरुमा काम गर्ने दिन कम भएकाले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको हो ।

यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ । राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ । यस वर्ष कटौती भएका बिदा १२ दिन छन् । विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन् ।

त्यसैगरी स्थानीय तहको अन्तरिम सांगठनिक संरचना सम्वन्धी प्रस्तावलाई पारित गर्दैे देशभरका स्थानीय तहमा ५७ हजार २ सय ५४ कर्मचारी पठाउने निर्णय गरेको छ ।त्यसैगरि वैठकले जापान सरकारको सहयोगबापत आएको ६८ करोड ६० लाख रुपैया निकासा दिने नर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।