0 COMMENTS

काठमाण्डाै१४चैत०७४/ बुटवल पावर कम्पनी (BPCL) ले माघ १५ गतेदेखि फागुन १५ गतेसम्म बिक्री गरेको झण्डै ४१ लाख कित्ता एफपिओको बाँडफाँड गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटले बुटवल पावरको कार्यालयमा बुधबार बिहान एफपिओ बाँडफाँड गरेको हो ।

बुटवल पावरको एफपिओमा ८५ हजार ६१४ जना आवेदकले २९ लाख दुई हजार २७६ कित्ता एफपिओ माग गरेका थिए । एफपिओमा आवेदन गरेकामध्ये ७५८ जनाले माग गरेको ४३ हजार १०६ कित्ताको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।कुल सदर ८४ हजार ८०४ जना आवेदकले माग गरे बमोजिम नै २८ लाख ५९ हजार १७० कित्ता एफपिओ बाँडफाँड गरिएको हो ।

५२ आवेदकले भने एफपिओको मूल्यभन्दा बजार मूल्य घटेपछि जानीजानी दोहोरो आवेदन गरि माग आवेदन रद्ध गराएको देखिएको छ । उनीहरुले २१ हजार ३२० कित्ता एफपिओ माग गरि आवेदन गरेका थिए ।

त्यसैगरि ६७७ जना आवेदकले गलत हितग्राही खाता नम्बर उल्लेख गरि आवेदन गरेका कारण १८ हजार ९८० कित्ता आवेदन रद्ध भएको छ । १० कित्ताको गुणाङ्कमा माग आवेदन नगरेका कारण २९ जना आवेदकले पनि सेयर प्राप्त गर्न सकेनन् । उनीहरुले दुई हजार ८०६ कित्ताका लागि माग गरेका थिए ।

एफपिओमा न्यूनतम १० कित्तादेखि २० हजार ४०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको थियो । सबै सदर भएको आवेदकलाई बाँडफाँड गरि बाँकी रहेको १२ लाख २१ हजार ८३० कित्ता भने प्रत्याभूतिकर्ता कम्पनीहरुले खरिद गरेका छन् ।

बुटवल पावरले प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँ मूल्य तोकेर २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको थियो ।

पहिले निर्धारण गरिएको मितिसम्म निष्काशन गरेको सबै एफपिओ बिक्री नभएपछि कम्पनीले संस्थागत लगानीकर्ताले समेत खरिद गर्न पाउनेगरी म्याद बढाएर फागुन १५ गतेसम्म थप गरेको थियो ।मंगलबार दोस्रो बजारमा बुटवल पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४६८ रुपैयाँमा झरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।