0 COMMENTS

काठमाडौँ, १४ चैत०७४/ परमाणु आक्रमण, युद्ध, प्रदूषणलगायतका कारणले विश्वमा मानिसको बसाइँ सराइ आदिमा मानवीय संवेदनालाई कलाकारले अभिनयमार्फत प्रस्तुत गरेका छन् ।

अर्थ बिट नामक थिएटर समूहका कलाकारले विश्व रङ्गमञ्च दिवसका अवसरमा सिरियाबाट मानिसको युरोपतर्फ हुँदै गरेको बसाइँ सराइको वियोगलाई कथा बनाएर मंगलबार साँझ नाटक मञ्चन गरिएको छ ।

मानवीय दुःख सर्वसाधारण तथा दर्शकलाई देखाउन कलाकार सेतो कपडामा बेरिएर टाउको विस्तारै बाहिर निकालेका थिए । थिएटर समूहका अध्यक्ष सलिन सुवेदीले गिगेरुगु अष्ट्रेलियाली बाजा बजाउँदै गर्दा कलाकार रेशम किरा कोकनबाट निस्केजस्तै देखिन्थे ।

साहित्यकार प्रा डा अभि सुवेदीले पाषाण युगदेखि अहिलेसम्म स्वर, व्यञ्जन हुँदै मानव सभ्यता यहाँसम्म आइपुगेको बताउँदै नाटकको पनि आफ्नै भाषा, संकेत छन् तिनलाई संरक्षण गरेर समाजलाई सकारात्मक परिवर्तन गर्न सकिने बताउनुभयो ।

नाटकमा कलाकार सरोज घिमिरे, सन्दीप डंगोल र मनिषलाल श्रेष्ठको भूमिका सशक्त थियो । सन् १९६२ मार्च २७ देखि प्रत्येक वर्ष विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।