0 COMMENTS

हिजो आज पायल्सका बिरामीहरु बढ्दै गएको पाइन्छ । पयाल्स के कारणले गर्दा मानिसमा हुन्छ भन्ने कुरा राम्रोसँग मानिसलाई थाहा नभएका कारण यस रोगका बिरामीहरुको संख्या बढ्दै गएको हो ।

दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन ।

पायल्स (piles) भनेको के हो ?
अंग्रेजी भाषामा pile भन्नाले जम्मा भएको वा थुप्रो हुन्छ l अब रोगको नाम piles वा प्रचलित मेडिकल भाषामा भनिने hemorrhoids (हिमोरइड) को बारेमा चर्चा गरौँ l (पोष्टको चित्र हेर्नुहोस: बाँसको ढुङ्ग्रालाई ठाडो बिचमा चिरेर हेर्दा देखिने भित्रको आधा भाग जस्तै गरी गुरुद्वारलाई ठाडो बिचमा चिरेर देखाईएको आधा भाग हो)l दिसा बाहिर आउने ठाउँ (गुदद्वार) को भित्रपट्टि भागमा रगतका नलीहरुबाट (चित्रमा रातो धर्सो) माथि देखि तलसम्म रक्तसंचार भएको हुन्छ l यी रक्तनलीका बाहिर कोषहरुका तह हुन्छन् (चित्रमा माथिल्लो निलो र तल्लो खैरो धर्सो) l जब बर्षौंसम्म अति मोटोपन या खानामा fiber को कमीले या अन्य कारणले कब्जियेत (constipation) हुन्छ या दिसा गर्न अप्ठ्यारो हुन्छ, धेरै कनेर दिसा गर्नु पर्ने हुन्छ, गर्भवती हुँदा गुदद्वारको भित्रि भागमा असर हुन्छ या अत्यधिक diarrhea हुन्छ तब ति रक्तनली बाहिरका कोषहरू सुन्निन थाल्छ, रक्तनली झोल्लिन थाल्छ l यो प्रक्रिया लामो समय (बर्षौ सम्म) रहयो भने मासु पलाएको जस्तो गरी गुरुद्वार बाहिर आउन थाल्छ, झोल्लिन्छ, थुप्रो परेर बसेको जस्तो देखिन्छ जसलाई piles/ hemorrhoid (हिमोरइड) भनिन्छ l

पायल्स हुनुको केही प्रमुख कारणहरु यस्ता छन् :

१) गर्‍हौा वस्तु उठाउनु : गर्‍हौ वस्तु उठाउनाले पनि पाइल्स हुनसक्छ । धेरै गर्‍हौा वजन जबर्जस्ती उठाउादा शरीरको तल्लो भागमा दवाव पर्छ, जसका कारण तलको नसा फुटेर पाइल्स हुने सम्भावना वृद्धि हुन्छ ।

२) अधिक व्यायाम गर्नु : कतिपय मानिसलाई अधिक व्यायाम गर्नाले पनि पाइल्सको समस्या हुने गर्छ । शरीरको क्षमताभन्दा बढी व्यायाम गर्दा शरीरको तल्लो भागमा अधिक दवाव पर्छ र पाइल्स हुने सम्भावना बढ्छ ।

३) बाथरुममा धेरै बस्ने : बाथरुममा धेरै बेर बस्ने गर्नाले पाइल्स हुनसक्छ । विशेषगरी बाथरुममा धेरै बेर बसेर मल त्याग गर्दा धेरै जोर लगाउनु पर्छ । यसका कारण मलद्वारको नसा सुन्निने र पाइल्स हुने डर बढ्छ ।

४) जंकफुडको सेवन : बढी मात्रामा तेलयुक्त, अधिक वोसोयुक्त तथा जंकफुडको सेवनले पनि मल कडा हुने गर्छ । परिणामस्वरूप पाइल्सको समस्या निम्तनसक्छ ।

५) कब्जियत : कव्जियतका कारण पेटको फोहोर आन्द्रामै रहन्छ । आन्द्रामा फोहोर जमेमा उक्त फोहोरले मलद्वाराको नसामा असर पुर्‍याउाछ र उक्त नसा फुटेर पाइल्स हुने गर्छ ।

६) गर्भावस्था : गर्भावस्थाका कारण पनि कब्जियतको समस्या निम्तन्छ र कब्जियतका कारण पाइल्स हुने डर बढ्छ ।

७) निष्किय जीवनशैली : निष्किय जीवनशैली तथा व्यायामको कमीका कारण पाचन तन्त्र कमजोर हुन्छ । कमजोर पाचन तन्त्रका कारण खाना राम्ररी पच्दैन र मलत्याग गर्न समस्या हुने गर्छ । यसका कारण पनि पाइल्स हुनसक्छ ।

८) लुज मोसन : बारम्बार पखाला लागेमा, एकै दिनमा धेरै पटक दिसा गरेमा पनि मलद्वारको नसा कमजोर भई पाइल्स हुने सम्भावना वृद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।