0 COMMENTS

काठमाडौं१३,चैत्र ०७४/ धेरैजसो सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाउने गरेको पाइएको छ । आजकोनेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ८६ हजार निजामती कर्मचारी रहेका छन् ।यी निजामती कर्मचारीलेको पोशाक भत्ताका लागि सरकारले ७ हजार ५ सय रुपैयँका दरले बार्षिक ६४ करोड ५० लाख रुपैयाँ निकासा गर्दै आएको छ ।

कर्मचारी र सेवाग्रही छुट्याउन सजिलोका लागि पोशाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरिए पनि मुख्य प्रशासकीय क्षेत्र सिंहदरबारका धेरै कर्मचारीले नै पोशाक लगाउन अटेरी गरेको स्रोतले बताएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवत्ता शिवराज न्यौपाने पनि कर्मचारीले पोशाक लगाउन मान्दै नमान्ने बताउछन् ।पोशाक लगाउन परिपत्र नगरिएको बताउदै उनले भने ‘कर्मचारीहरुले नियमको पालना त अनिवार्य गर्नुपर्ने हो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।