0 COMMENTS

काठमाडौं१३, चैत०७४/हतियारसहित काठमाडौंको गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ ।

फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद थप गरी अनुसन्धान सुरु गरेकामा अनुसन्धान नसकिएपछि थप १० दिन म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

‘थप अनुसन्धान भएपछिमात्र यस सम्बन्धमा आधिकारिक प्रमाण आउँछ’–उनले भने ।

हातहतियार तथा खरखजना ऐनअन्तर्गत् ६ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।लामामाथि वि.सं. २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौं परिसरमा मुद्दा दायर भएपनि उनलाई यही माघमा अदालतले सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।