0 COMMENTS
अनुपा राई :तस्विर, अन्नपुर्णबाट

काठमाडौँ,चैत्र १३ : माओवादी लडाकु भएर लडेकी ३१ बर्षीया अनुपा राई अहिले रोगिएर बसेकी छिन् । टाउको र छातीमा लागेको बमको छर्रा अनुपाले उपचार गराएर निकाल्न सकेको छैनन् ।

न उनको पार्टीले उपचारमा सहयोग गर्यो उनीसँगै सशस्त्र द्धन्द्धमा हिँडेकाहरु पटक-पटक सत्तामा पुगिसकेका छन्, तर, अनुपाको शरीरमा लागेको बमको छर्रा निकालिदिन कसैको ध्यान पुगेको छैन ।

पार्टीले नै उपचारमा चासो नदिएपछि १५ बर्षयता शरीरमै बमको छर्रा बोक्न् उनी बाध्य छिन् । बमको छर्राकै कारण उनी रोगले थलिन थालेकी छिन् ।

दुस्मनसँग भिड्दाका साथीहरु सत्ताको स्वाद चाखिरहेका छन्, उनले लडाईकै स्मरण गर्दै भनिन् म टाउको र छातीमा बमको छर्रा बोकेरा गाउँमा छट्पटाईरहेकी छु ।

ओखलढुंगाको कुईभीरमा जन्मिएकी अनुपा १६ बर्षको उमेरमै माओवादी लडाकु बनेकी थिईन्, २०५८ सालमा ९ कक्षामा पढाई सुरु भइरहेका बेला उनले माओवादीको जनमुक्ति सेनामा भर्ती भएर बन्दुक समाएको थिईन् । माओवादीमा लागेर दर्जनौँ लडाइ लडें उनले भनिन्, केहि साथी सहिद भए, बाँचेका साथीहरु सत्तामा छन् ।, आजकोअन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।